पुनः विवादमा कोहली

writer

सम्पूर्ण

बिहिबार, २२ फागुन २०७६


भारतीय क्रिकेट कप्तान विराट कोहली फेरि एक पटक विवादमा तानिएका छन्। न्युजिल्यान्डसँगको दुवै टेस्ट हारेका भारतीय कप्तान यो पटक पत्रकारसँगको व्यवहारका कारण विवादमा परेका हुन्। 

न्युजिल्यान्डसँगको दोस्रो टेस्टको तेस्रो दिन नै भारत सात विकेटले पराजित भएपछिको पत्रकार सम्मेलनमा उनी पत्रकारसँग जंगिएका थिए। पत्रकारको प्रश्नमा आक्रोशित बनेका विराटको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल छ। 

न्युजिल्यान्डका ब्याट्सम्यान केन विलियम्सन आउट भएपछि कोहलीले अस्वाभाविक व्यवहार देखाएका थिए। पत्रकारले त्यस्तो व्यवहार किन देखाएको भनेर प्रश्न गरेपछि उनी रिसाए, ‘तपाईंले घटनाबारे पूरै जानकारी राख्नुपर्छ र राम्रो प्रश्न गर्नुपर्छ।’

पत्रकारले आधा घटनालाई मात्र आधार बनाएर प्रश्न गरेको उनको आरोप थियो। त्यो घटनाबारे आफूले म्याच रेफ्रीसँग पनि कुरा गरेको र कुनै समस्या नभएको उनले जानकारी दिए। तर, पत्रकारले समस्या निम्त्याउन र घटनालाई उचाल्न प्रश्न गरेको कोहलीले आरोप लगाए।

यो खेलमा खराब प्रदर्शन गरेका उनले भारतीय टिमले योजनालाई पूर्ण कार्यान्वयन गर्न नसक्दा खराब नतिजा आएको पनि बताए। न्युजिल्यान्डले घरेलु भूमिमा उत्कृष्ट टेस्ट खेलेको उनको प्रतिक्रिया थियो।

तपाईको कमेन्ट

पपुलर पोस्ट


छुटाउनु भयो कि