कार्लोसलाई जरिवाना

सम्पूर्ण
बिहिबार, २२ फागुन २०७६
इंग्ल्यान्डको फुटबल संघ (एफए)ले एभर्टनका प्रशिक्षक कार्लोस एन्सिलोटीलाई जरिवाना गरेको छ। प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेडसँगको खेलमा रातो कार्ड पाएका प्रशिक्षक एन्सिलोटीले आठ हजार पाउन्ड जरिवाना तिर्नुपरेको हो। उनलाई खेल भावनाविपरीत व्यवहार गरेको र रेफ्रीमाथि दुव्र्यवहार गरेको आरोपमा एफएले जरिवाना तिराएको हो। उनलाई आरोप स्वीकार गर्न र माफी माग्न भनिएको छ। आरोप स्वीकार नगरेमा उनले केही खेलको प्रतिबन्ध नै भोग्नुपर्ने पनि हुन सक्छ।
म्यानचेस्टर युनाइटेडसँगको खेलको अन्तिम समयमा डोमिनिक काल्भर्ट लेविनले गरेको गोल अफसाइड भएपछि प्रशिक्षक एन्सिलोटी चिच्याउँदै रेफ्री क्रिस काभानाभसामु पुगेका थिए। त्यसपछि रेफ्रीले उनलाई रातो कार्ड देखाए। रातो कार्ड पाएपछि उनले आक्रोशित हुँदै मैदान छाडेका थिए।
तपाईको कमेन्ट
मुख्य समाचार
-
पायलले लगाइन् कश्यपमाथि आरोप
बुधबार, ०७ असोज २०७७ -
‘मनोबल दह्रो हुने सन्देश दिनुपर्यो’
बुधबार, २४ भदौ २०७७ -
कस्ता मास्क कसरी लगाउने ?
आइतबार, २१ भदौ २०७७ -
‘आफ्नै भाका ल्याउन मन छ’
आइतबार, १४ भदौ २०७७