खेलाडीलाई कपिल देवको सुझाव

writer

सम्पूर्ण

बिहिबार, २२ फागुन २०७६


भारतीय पूर्व क्रिकेट कप्तान कपिल देवले थाकेका खेलाडीलाई इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट नखेल्न सुझाव दिएका छन्। व्यस्त क्रिकेट 

क्यालेन्डरका कारण कुनै खेलाडीलाई ‘आराम गर्न पाइनँ’ भन्ने लाग्छ भने उसले आईपीएलको समयमा मज्जाले आराम गर्न सक्ने उनको भनाइ छ। उनको यो सुझाव भारतका अन्तर्राष्ट्रिय खेलाडीका लागि हो। 

न्युजिल्यान्डसँगको हारपछि भारतीय टिमका कप्तान विराट कोहलीले व्यस्त तालिकाका कारण प्रदर्शनमा असर परेको बताएका थिए। उनले न्युजिल्यान्ड जानुअघि नै भनेका थिए, ‘क्रिकेट यस्तो अवस्थामा पुगेको छ कि कुनै दिन सीधै स्टेडियममा उत्रिएर खेल्नुपर्ने हुन सक्छ।’

भारतका अरू खेलाडीले पनि तालिका धेरै नै व्यस्त भएको र घरपरिवारलाई समय दिन नपाएको गुनासो गर्दै आएका थिए।

यो गुनासो गर्ने खेलाडीप्रति लक्ष्य गर्दै कपिल देवले हाउसटन क्रिकेट लिग (एचसीएल) को समापनमा भने, ‘कसैलाई धेरै थाकेँ जस्तो लाग्छ भने उसले आईपीएल नखेल्दा हुन्छ।’

आईपीएलमा देशको प्रतिनिधित्व नहुने भएकाले खेलाडीले यसलाई छाड्न सक्ने उनको भनाइ छ। तर, देशको प्रतिनिधित्व गर्ने खेल भने खेलाडीले छाड्न नपाउने कपिल देवको भनाइ छ।

तपाईको कमेन्ट

पपुलर पोस्ट


छुटाउनु भयो कि