हथौडा विष्फोटमा ४३ जना घाइते

writer

सम्पूर्ण

बिहिबार, २२ फागुन २०७६


हरेक वर्ष मेक्सिकोमा एउटा अनौठो महोत्सव हुन्छ । ‘एक्स्प्लोडिङ ह्यामर’ अर्थात् हथौडा विष्फोट भनिने महोत्सवमा सयौँ मान्छे सहभागी हुन्छन् । फेब्रुअरी महिनामा हुने महोत्सवमा हजारौँ मान्छे सहभागी हुन्छन् । हथौडाको एक छेउमा सल्फर र क्लोरेटको मिश्रण लगाइन्छ । फलामका फल्याकमा यस्तो हथौडाले हान्दा विष्फोट हुन्छ र धुवाँको मुस्लो छुट्छ ।  

हालसालै भएको महोत्सवमा अप्रिय घटना भयो । एक जना सहभागीले हथौडा विष्फोट गराउँदा उनीसहित ४३ जना घाइते भए । ती सहभागीलाई अस्पताल भर्ना गर्नुपर्‍यो । उनको खुट्टामा चोट लाग्यो । अन्य घाइतेलाई सामान्य उपचार गर्नुपर्‍यो । 

सान हुवाँ डे ला भेगा नामक सानो शहर हथौडा विष्फोट महोत्सवका लागि विख्यात छ । सेन्ट जोन द बाप्टिस्टप्रति समर्पित महोत्सवमा यस वर्ष करिब छ हजार मान्छे सहभागी थिए, जसमा अधिकांश दर्शक थिए । सयभन्दा बढी प्रहरी महोत्सवको निगरानीका लागि खटिएका थिए । स्वास्थ्यकर्मी एम्बुलेन्ससहित उपस्थित थिए । अत्यन्त सावधानी अपनाइए पनि यस वर्षको हथौडा विष्फोट महोत्सवमा दर्जनौँ घाइते भए । 

तपाईको कमेन्ट