‘मिस नेपाल पिस’को अडिसन सुरु

writer

सम्पूर्ण

बुधबार, २१ फागुन २०७६


‘मिस नेपाल पिस’ को सातौँ संस्करण हुने भएको छ। नेक्स्ट मोडल्स नेपालको आयोजनामा हुने प्रतियोगितामा नर्सिङ पेशामा आबद्ध तथा नर्सिङ अध्ययनरतले भाग लिने गरेका छन्। ‘प्रोटिन फर अल’ अर्थात् सबैका लागि पोषण नाराका साथ यस प्रतियोगिताले सातै प्रदेशमा प्रोटिनसम्बन्धी जनचेतनामूलक कार्यक्रम पनि सञ्चालन गर्नेछ। युसेकको सहकार्यमा काठमाडौँ, ललितपुर तथा भक्तपुरका विभिन्न १० वटा नर्सिङ कलेजमा प्रोटिनसम्बन्धी चेतनामूलक कार्यक्रम सञ्चालन गरिसकिएको छ।

प्रतिस्पर्धाको पहिलो चरणको अडिसन सम्पन्न भइसकेको छ। आवेदन दिएकामध्ये १८ जना नर्स अन्तिम प्रतिस्पर्धाका लागि छनोट भएका छन्। दोस्रो अडिसन फागुन १७ मा भएको थियो भने फाइनल अडिसन फागुन २४ मा हुनेछ। अडिसनबाट छनोट भएका प्रतिस्पर्धीलाई कोरियोग्राफर रोजिन शाक्यको नेतृत्वमा विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका दक्ष प्रशिक्षकद्वारा एकमहिने तालिम दिइनेछ। प्रशिक्षणमा स्टेज प्रस्तुतिका साथै प्रोटिन अवेयरनेस, स्तन क्यान्सरसम्बन्धी सचेतना, व्यक्तित्व विकास, सञ्चारकला विकास, सशक्तीकरणलगायत विषयमा तालिम प्रदान गरिनेछ।

प्रतियोगिताको अन्तिम प्रतिस्पर्धा चैत २२ गते हुनेछ। विजेताले नेपालको प्रतिनिधित्व गर्दै आगामी वर्ष चीनमा हुने ‘मिस वल्र्ड पिस’मा सहभागी हुन पाउनेछ। साथै, नेपाल ब्रेस्ट क्यान्सर फाउन्डेसनका लागि ब्रान्ड एम्बेसडरका रूपमा काम गर्न पाउनेछ। विजेता तथा उपविजेताले बाली भ्रमणको अवसर पनि प्राप्त गर्नेछन्।

यी हुन् छनोट भएका प्रतिस्पर्धी:

सुरक्षाा थापा, प्रतिस्पर्धी नं. ००१

सुनिता बिके, प्रतिस्पर्धी नं. ०४६

सुमि नेपाल, प्रतिस्पर्धी नं. ०४५

सोफिया ठकुरी, प्रतिस्पर्धी नं. ०४७

साधना थापा, प्रतिस्पर्धी नं. ०११

रोमिका न्याैपाने, प्रतिस्पर्धी नं. ०१३

प्रिया सुनुवार, प्रतिस्पर्धी नं. ००४

प्रिया पाण्डे, प्रतिस्पर्धी नं. ००८

प्रतिष्ठा खनाल, प्रतिस्पर्धी नं. ००५

मिशल श्रेष्ठ, प्रतिस्पर्धी नं. ००६

कुशुम कुँवर, प्रतिस्पर्धी नं. ००३

कविता श्रेष्ठ, प्रतिस्पर्धी नं. ०१४

इशारा सुनार, प्रतिस्पर्धी नं. ०१८

गीता कुवँर

बविता केसी, प्रतिस्पर्धी नं. ००९

एलिजा आलेमगर, प्रतिस्पर्धी नं. ०१२

तपाईको कमेन्ट

छुटाउनु भयो कि