बच्चालाई ‘डे केयर’मा राख्दा

writer

सम्पूर्ण

सोमबार, १९ फागुन २०७६


कतिपय कामकाजी अभिभावकले सानै उमेरमा छोराछोरीलाई डे केयर सेन्टरमा राख्ने गर्छन्। खानपिन, सुत्ने, खेल्ने सुविधा भएका डे केयरले अभिभावकलाई काम गर्न सहज बनाएका छन्। बच्चालाई डे केयरमा राख्दा केही कुरामा भने अभिभावकले ध्यान दिनुपर्छ।


 

  • अफिसबाट फर्किएपछि केही समय बच्चासँग बिताउनुहोस्। कुराकानी गर्नुहोस्। ‘आज डे केयरमा के–के गरियो ?’, ‘के खाइयो ?’, ‘रमाइलो भयो कि भएन ?’ लगायत सोध्नुहोस्। बच्चाले अनौठो उत्तर दिएमा बेवास्ता गर्नु हुँदैन। बच्चाले यसो किन गरिरहेको छ ? बुझ्ने प्रयास गर्नुपर्छ।
  • डे केयरबाट फर्किएपछि बच्चाको शरीर जाँच्नुहोस्। चोटपटकको निशान त छैन भनेर हेर्नुपर्छ। निशान भएमा के भयो, कसरी भयो बच्चा र डे केयर सञ्चालकबाट बुझ्नुपर्छ।
  • डे केयरमा खानेकुरा, सुत्ने बेड लगायतको राम्रो सुविधा छ कि छैन, हेर्नुपर्छ। सरसफाइमा विशेष ध्यान दिनुपर्छ।
  • डे केयरका कर्मचारीले बच्चासँग राम्रो व्यवहार गरेको हुनुपर्छ।
  • अभिभावक र डे केयरका सञ्चालक, कर्मचारीबीच संवाद हुनुपर्छ।
     

तपाईको कमेन्ट

मुख्य समाचार