टोक्ने रोगको महामारी

writer

सम्पूर्ण

बिहिबार, १५ फागुन २०७६


१५ औँ शताब्दीतिर युरोपतिर क्रिस्चियन भिक्षुणी–विहार थुप्रै हुन्थे । विहारमा राजीखुशी भिक्षुणी बन्नेको संख्या ठूलो भए पनि केहीलाई भने जबर्जस्ती भिक्षुणी बनाइन्थ्यो । यस्ता मठमा बेलाबेला विस्मयकारी घटना हुन्थे । 

जर्मनीको एउटा विहारमा एक जना भिक्षुणीलाई के सनक चढ्यो कुन्नि, उनी आफ्ना साथीहरूलाई टोक्न थालिन् । त्यसपछि त्यस विहारका महिलाले एकले अर्कालाई टोक्न सुरु गरे । यो टोक्ने पागलपन महामारीका रूपमा फैलियो । केही हप्तामै इटाली, नेदरल्यान्ड्सका विहारहरूमा पनि भिक्षुणीले एकअर्कालाई टोक्न थाले । विभिन्न देशका विहारमा यस्तो घटना भएपछि पादरीहरूले यसलाई शैतानको कामको संज्ञा दिए । 

भिक्षुणीहरूको टोक्ने पागलपनको उपचारस्वरूप उनीहरूलाई निर्घात पिटियो । केहीलाई पानीमा चोपलियो । सबै विहारमा यस्तो ‘उपचार पद्धति’ सुरु गरेपछि भिक्षुणीहरूको उपद्रो मत्थर हुँदै गयो र अन्ततः टोक्ने महामारी समाप्त भयो । 

मध्ययुगमा क्रिस्चियन विहारमा यस्ता अनौठा घटना भइरहन्थे । फ्रान्सको एउटा ठूलो विहारमा एक दिन एक जना भिक्षुणी बिरालोजसरी म्याउँ गर्न थालिन् । केही समयपछि सबै भिक्षुणीले यसो गर्न थाले । हरेक दिन केही घण्टा उनीहरू बिरालोको आवाज निकाल्ने गर्थे । करिब एक हप्तासम्म यस्तो भएपछि उनीहरूलाई सिपाही बोलाएर कुट्न लगाउने डर देखाइयो । त्यसपछि भिक्षुणीहरूले बिरालोको आवाज निकाल्न छोडे । 

भिक्षुणीहरूले कठिन अनुशासनमा बस्नुपथ्र्यो । गरिबीमा बाँच्नुपथ्र्यो । कडा श्रम गर्नुपथ्र्यो । नैतिक बन्धनमा बस्नुपथ्र्याे । बन्देज र बन्धनको जीवन बाँचिरहेका उनीहरू बेलाबेला अनौठा व्यवहार देखाउने गर्थे । 

तपाईको कमेन्ट

मुख्य समाचार