चौकी बन्द भएपछि नांगै घरतिर हिँडे प्रहरी

writer

सम्पूर्ण

बिहिबार, १५ फागुन २०७६


अमेरिकाको न्यू ह्याम्पसायर राज्यमा पर्ने क्रोइडन नगरमा एउटा प्रहरी चौकी थियो। चौकीमा एक मात्र प्रहरी अधिकारी थिए, रिचर्ड ली। अघिल्लो मंगलबार राज्यको प्रहरी विभागले चौकी बन्द गर्ने निर्णय गर्‍यो। 

राति बसेको अधिकारीहरूको बैठकले लीलाई प्रहरीको पोशाक, बन्दुकलगायत सबै सामग्री बुझाएर घर जान निर्देशन दियो। कारको साँचो पनि बुझाउन लगाइयो। 

‘मैले बर्दी फुकालेर बुझाएँ,’ लीले भने, ‘बन्दुक बुझाएँ, कारको साँचो बुझाएँ। त्यसपछि कट्टु मात्र लगाएर हिउँ परेको चिसो रातमा बाहिर निक्लिएँ र घर गएँ।’ 

लीसँग चौकीमा अन्य लुगा थिएन। उनको घर न्युपोर्टमा छ। बन्द गरिएको चौकीदेखि घरसम्मको दूरी सात माइल छ। ली एक माइलसम्म नांगै हिँडेका थिए। त्यसपछि उनकी पत्नी उनलाई लिन कारमा आएकी थिइन्। एक जना प्रहरी अधिकारीमाथि भएको यस्तो व्यवहारको सामाजिक सञ्जालमा आलोचना गरिएको छ। 

तपाईको कमेन्ट