ट्याटू–संग्रहालयजस्तो शरीर

सम्पूर्ण
बिहिबार, १५ फागुन २०७६
उनको शरीर चल्दोफिर्दो ट्याटू–संग्रहालयजस्तो छ। अन्य अंगमा त भइहाल्यो, उनले आँखामा समेत ट्याटू खोपाएकी छिन्।
अस्ट्रेलियाको न्यू साउथ वेल्स राज्यनिवासी एम्बर ब्रिएना ल्युकले जीउमा एक इन्च पनि खाली छोडेकी छैनन्। सर्वत्र ट्याटू खोपाएकी छिन्। आँखासम्म नीलो बनाएकी उनले शरीरलाई ट्याटूमय बनाउन करिब ३० लाख रुपैयाँ खर्चेकी छिन्।
एम्बरले १ सय ५० वटा ट्याटू खोपाएपछि गन्न पनि छोडिदिइन्। त्यसयता उनले शरीरमा सयवटा भन्दा बढी बुट्टा खोपाइसकेकी छिन्। पहिलो पटक शरीरमा मसी पोत्दा उनी भर्खर १६ वर्ष पुगेकी थिइन्। अहिले २४ वर्षकी भइन्। आठ वर्षमा उनले अनगिन्ती पटक आफ्नो शरीरमा खोप्न लगाएकी छिन्।
उनले शरीरमा सबैभन्दा पहिले ट्याटूका रूपमा एक वाक्य खोपाइन्– ‘नगुमाइएको प्रेम, नपाइएको पे्रम !’ त्यसपछि सुरु भयो, उनको ट्याटू–प्रेम–शृंखला। आज उनको शरीर फूल, खप्पर र विभिन्न चित्रले भरिभराउ छ।
‘कस्तो अनुभव हुँदो रहेछ भन्ने जान्नका लागि पहिलो चोटि ट्याटू खोपाएँ,’ एम्बरले भनिन्, ‘मेरो शरीरमा जब सियोले घोच्यो, म रोमाञ्चित भएँ। त्यसपछि ट्याटूको कहिल्यै नमेटिने तिर्खा लाग्यो। मेरो शरीर २० वर्ष पुग्दानपुग्दै ट्याटूले छोपिन थालिसकेको थियो। मैले शरीरबाट नकारात्मक ऊर्जा समाप्त हुँदै गएको अनुभव गर्न थालेँ।’
एम्बरले आफ्नो जिब्रोलाई पनि दुई भागमा विभाजित गरेकी छिन्। आँखामा सिलिकन इम्प्लान्ट गरेकी छिन्। आफ्ना आँखा नीलो बनाउँदा असाध्यै पीडा खेपेको उनले बताइन्। ‘हरेक बिहान म आफ्ना नीला आँखा ऐनामा हेरेर खुशी हुन्छु,’ उनले भनिन्।
कुनै बेला एम्बर डिप्रेसन, बोर्डनलाइन पर्सनालिटी डिसअर्डरजस्ता मानसिक रोगले ग्रस्त थिइन्। एक्ली सन्तान उनलाई एक्लोपनले गाँजेको थियो। उनले १५ चोटि त आत्महत्याको प्रयास गरेकी थिइन्। ‘मेरा निम्ति ट्याटू मानसिक रोग जित्ने औषधि बन्यो,’ उनले भनिन्, ‘म आफूलाई घृणा गर्थें। ट्याटूले मलाई जीवनलाई माया गर्न सिकायो।’
पेशाले ट्याटू कलाकार उनी सामाजिक सञ्जालमा आफ्ना तस्बिर सामाजिक सञ्जालमा बेलाबेला साझा गर्छिन्। ट्याटूमय शरीरले प्राप्त गर्ने प्रशंसाहरूका कारण उनी आफूलाई धन्य र विशेष ठान्छिन्।
तपाईको कमेन्ट
मुख्य समाचार
-
पायलले लगाइन् कश्यपमाथि आरोप
बुधबार, ०७ असोज २०७७ -
‘मनोबल दह्रो हुने सन्देश दिनुपर्यो’
बुधबार, २४ भदौ २०७७ -
कस्ता मास्क कसरी लगाउने ?
आइतबार, २१ भदौ २०७७ -
‘आफ्नै भाका ल्याउन मन छ’
आइतबार, १४ भदौ २०७७