किशोर नेपालकाे फेसबुक वालमा केके छन्?

writer

सम्पूर्ण

मङ्गलबार, ०३ पुष २०७५


खै किन हो, थाह छैन। मलाई नमन र सलाम शब्दले त्यति आकर्षित गर्न सकेनन्। दुवै शब्दको वैकल्पिक शब्द नमस्ते वा नमस्कार नै राम्रो लाग्छ। 
०००
संघीय राजधानी भरतपुरमा सार्ने हो भने काठमाडौँलाई कुनै घाटा हुँदैन। फैलिएको भरतपुरमा राजधानी शहरमा हुनुपर्ने सबै गुण छन्। काठमाडौँ सांस्कृतिक शहर हो। अहिले यसको अस्तित्व संकटमा परेको छ। 
०००
अँध्यारो एक्लै आउँदैन। त्यसले थुप्रै भ्रमका उज्यालाहरू अँगालोमा बोकेर ल्याउँछ। त्यो भ्रम चिताको आगोजस्तै खरानीमा परिणत हुन्छ। अँध्यारोसँग मानिस आफैँ जोगिनुपर्दछ। मानिसले आत्मसुरक्षा नगरेसम्म अँध्यारो चिर्न सकिँदैन। 
०००
कसको हातमा छ सत्ताको लगाम ? काठी नकसेको घोडा चढेका छन् प्रधानमन्त्रीले। लोकतन्त्रमा एकतन्त्रको कुत्सित प्रयोगले जनजीवन त्रस्त छ। नेपाली समाज समन्वयको खोजीमा छ। राजनीतिमा संक्रमण जारी छ। 
०००
कुनै देशको क्रिस्चियनले हाम्रा प्रधानमन्त्रीलाई एक लाख डलरमा आफ्नो बनाउनु खतरनाक कुरा हो। यस्तो कुरामा हेलचेक्य्राइँ गर्नु राम्रो होइन। जननिर्वाचित प्रधानमन्त्रीलाई मन लागेको कुरा गर्ने छुट हुन्छ ? 
०००
 

तपाईको कमेन्ट

मुख्य समाचार


छुटाउनु भयो कि