‘खेलाडीविरुद्ध आक्रामक’ बार्सिलोना

सम्पूर्ण
बुधबार, १४ फागुन २०७६
स्पेनिस फुटबल क्लब बार्सिलोनाले आफ्नै खेलाडीविरुद्ध सामाजिक सञ्जालमा आक्रामक सामग्री पोस्ट गर्न लगाएको गम्भीर आरोप लागेको छ। क्लबका अध्यक्ष जोसेफ मारियाको प्रतिष्ठा कायम राख्नका लागि उनीसँग विमति जनाउने खेलाडीविरुद्ध सामाजिक सञ्जालमा सामग्री पोस्ट गर्नका लागि क्लबले कम्पनी नै नियुक्त गरेको आरोप लगाउँदै स्पेनको एक रेडियो स्टेसनले समाचार सम्प्रेषण गरेको छ।
क्याटालोनियाबाट प्रसारण भएको एउटा पोडकास्टमा आई थ्री भेन्चर नामक कम्पनीले ट्वीटर र फेसबुकका धेरै एकाउन्ट म्यानेज गर्ने गरेको र ती एकाउन्टमार्फत बार्सिलोनाका खेलाडीविरुद्ध क्लबले सामग्री पोस्ट गरेको दाबी गरिएकोे छ। त्यो कम्पनीले लियोनेल मेसी र जेरार्ड पिके सहितका खेलाडीविरुद्ध सामाजिक सञ्जालमा लेख्ने गरेको आरोप छ। सामजिक सञ्जालमा गरिएका ती सबै पोस्ट बार्सिलोनाकै प्रायोजनमा भएको रेडियोको दाबी छ।
तर, बार्सिलोनाले भने यो आरोप अस्वीकार गर्दै आएको छ। उसले आरोप पूर्ण रूपमा गलत भएको भन्दै कानुनी उपचार खोज्ने चेतावनी दिएको छ।
तपाईको कमेन्ट
मुख्य समाचार
-
पायलले लगाइन् कश्यपमाथि आरोप
बुधबार, ०७ असोज २०७७ -
‘मनोबल दह्रो हुने सन्देश दिनुपर्यो’
बुधबार, २४ भदौ २०७७ -
कस्ता मास्क कसरी लगाउने ?
आइतबार, २१ भदौ २०७७ -
‘आफ्नै भाका ल्याउन मन छ’
आइतबार, १४ भदौ २०७७