संसारमा हुने विचित्र सौन्दर्य प्रतियोगिता, मिस दुधालु गाईदेखि मिस कन्डमसम्म

writer

सम्पूर्ण

आइतबार, ०१ पुष २०७५


मिस एटम 
रुसमा सन् २००४ देखि २०११ सम्म आठ वर्ष मिस एटम सौन्दर्य प्रतियोगिता भएको थियो । परमाणु ऊर्जा कम्पनी ‘न्युक्लियर डट आरयू’ले आयोजना गरेको प्रतियोगितामा परमाणु ऊर्जा उद्योगमा काम गर्ने महिला, अनुसन्धाता र परमाणु ऊर्जाका विद्यार्थीले भाग लिन सक्थे । प्रतियोगितामा रसिया, बेलारुस, युक्रेन, कजाख्स्तान, लिथुआनियाका महिला सहभागी हुन्थे । 

मिस कन्डम
हरेक वर्ष डिसेम्बर १ का दिन थाइल्यान्डमा मिस कन्डम प्रतियोगिता हुन्छ । एड्स दिवसकै दिन यो तथा अन्य यौनजन्य रोगप्रति जनचेतना जगाउन यस्तो प्रतियोगिता हुन्छ । सुरक्षित यौन सम्बन्ध प्रवद्र्धन गर्ने उद्देश्यले हुने प्रतियोगितामा प्रतिस्पर्धीले कन्डम फुक्ने गर्छन् । कन्डम फुक्ने सीप र एचआईभी एड्सको जानकारीका आधारमा विजेता घोषणा गरिन्छ । 

मिस बारुदी सुरुङ 
सन् २००८ मा अंगोलामा मिस ल्यान्डमाइन सर्भाइभर सौन्दर्य प्रतियोगिता भएको थियो । बारुदी सुरुङमा परेर अंगभंग भएका महिलाले यस प्रतियोगितामा भाग लिएका थिए । नर्वेका कलाकार मोर्टन ट्राभिकको सक्रियतामा बारुदी सुरुङसम्बन्धी मुद्दा उठाउन आयोजना गरिएको प्रतियोगिताको अर्काे संस्करण सन् २००९ मा कम्बोडियामा हुने तय थियो तर त्यहाँको सरकारले अनुमति नदिएपछि उक्त प्रतियोगिता हुन पाएन । 

 

मिस दुधालु गाई 
सन् २०१२ मा चीनको सुओझाउ शहरमा मिस दुधालु गाई प्रतियोगिता भएको थियो । प्रतियोगितामा दुई सयभन्दा बढी गाईपालक कृषकले आफ्ना गाईलाई प्रतियोगी बनाएका थिए । दूधको गुणस्तर, गाईको रूप–आकार आदिलाई निर्णायक मण्डलले ध्यानमा राखेको थियो । 
 

तपाईको कमेन्ट