पूर्वपत्नीलाई दिनुपर्ला भनेर जसले ११ करोड जलाए

सम्पूर्ण
शनिबार, १० फागुन २०७६
क्यानडाको राजधानी ओटावाका व्यवसायी ब्रुस म्याककनभिल अहिले सर्वत्र चर्चाको पात्र भएका छन् । यी धनाढ्यले सम्बन्ध विच्छेदपछि पूर्वपत्नीलाई दिनुपर्ला भनेर ११ करोडभन्दा बढी रुपैयाँ बराबरको नोट जलाइदिएका छन् ।
पूर्वपत्नीलाई क्षतिपूर्तिबापतको रकम नदिने नियतले करोडौँ रुपैयाँ जलाएको उनले अदालतलाई बताएका छन् । उनले न्यायाधीशलाई भनेका थिए, ‘म अत्यन्त भौतिकवादी मान्छे होइन । म सधैँ मितव्ययी रहेँ । त्यसैले ३१ वर्षसम्म व्यवसाय गर्न सकेँ ।’
उनको कुरा सुनेपछि न्यायाधीशले हप्काउँदै भनेका थिए, ‘तपाईं इमानदार हुनुहुन्न । तपाईंलाई विश्वास गर्न सकिन्न ।’
अघिल्लो मंगलबार उनले अदालतसमक्ष गत सेप्टेम्बर र डिसेम्बरमा गरी दुई पटक ११ करोड रुपैयाँभन्दा बढी मूल्यका नोट जलाएको बयान दिए ।
अदालतले उनलाई एक महिनाको जेल सजाय दिएको छ । अदालतले सम्बन्ध विच्छेदको प्रक्रिया टुंगो नलागुञ्जेल हरेक दिन दुई लाख रुपैयाँको दरले पूर्वपत्नीलाई उपलब्ध गराउनू भन्ने आदेश पनि दिएको छ ।
म्याककनभिल सन् २०१८ मा ओटावाको मेयरको चुनावमा उठेका थिए र हारेका थिए । पूर्वपत्नीलाई दिनुपर्ला भनेर करोडौँ रुपैयाँ जलाउने उनी मेयरमा चुनिएको भए के–के वितण्डा गर्थे होलान् भनी सामाजिक सञ्जालमा जिब्रो टोक्नेहरूको कमी छैन ।
तपाईको कमेन्ट
मुख्य समाचार
-
पायलले लगाइन् कश्यपमाथि आरोप
बुधबार, ०७ असोज २०७७ -
‘मनोबल दह्रो हुने सन्देश दिनुपर्यो’
बुधबार, २४ भदौ २०७७ -
कस्ता मास्क कसरी लगाउने ?
आइतबार, २१ भदौ २०७७ -
‘आफ्नै भाका ल्याउन मन छ’
आइतबार, १४ भदौ २०७७