खेल मिलेमतो गर्ने क्रिकेटरलाई जेल

सम्पूर्ण
बिहिबार, ०८ फागुन २०७६
पाकिस्तानको एक अदालतले खेल मिलेमतो गरेको ठहर गर्दै तीन जना क्रिकेटरलाई जेल सजाय सुनाएको छ। जेल सजाय पाउनेमा नासिर जमसेद, युसेफ अनवर र मोहम्मद इजाज छन्। ३३ वर्षका जमसेदलाई १७ महिनाको जेल सजाय भएको छ। उनले १० वर्षसम्म क्रिकेटसँग सम्बन्धित कुनै पनि गतिविधिमा संलग्न हुन पाउनेछैनन्। त्यस्तै, अनवरलाई ४० महिना र इजाजलाई ३० महिनाको जेल सजाय भएको छ। जेल सजाय पाउने अनवर पाकिस्तानी मूलका बेलायती नागरिक हुन्।
पाकिस्तानको राष्ट्रिय टोलीका ब्याट्सम्यान जमसेदसहित तीनै जना खेल मिलेमतोको आरोपमा एक वर्षअघि पक्राउ परेका थिए। सन् २०१८ को फेब्रुअरीमा भएको पाकिस्तान सुपर लिग क्रिकेटमा आफूले मात्र म्याच फिक्सिङ नगरी, अरू खेलाडीलाई पनि फिक्सिङका लागि उक्साएकोमा अदालतले जमसेदलाई दोषी ठहर गरेको हो।
उनले खेलका क्रममा केही बलम कुनै रन नलिए १०–१० हजार पाउन्ड दिने भनेर युसुफ अनवर र मोहम्मद इजाजलाई लोभ्याएका थिए। जमसेदसँग मिलेर खेल मिलेमतो गरेको उनीहरूले पनि स्वीकार गरेका छन्। उनीहरूले सन् २०१६ को बंगलादेश प्रिमियर लिगदेखि नै मिलेमतोको प्रयास गरेका थिए। त्यसको दुई वर्षपछि मिलेमतोमा सफल भएका उनीहरूको अपराध स्टिङ अपरेसनमा खुल्यो र उनीहरू पक्राउ परे। टेस्ट क्रिकेटका ओपनर जमसेदले पाकिस्तानका लागि सन् २०१५ को विश्वकप क्रिकेटसहित ६८ खेल खेलेका छन्।
तपाईको कमेन्ट
मुख्य समाचार
-
पायलले लगाइन् कश्यपमाथि आरोप
बुधबार, ०७ असोज २०७७ -
‘मनोबल दह्रो हुने सन्देश दिनुपर्यो’
बुधबार, २४ भदौ २०७७ -
कस्ता मास्क कसरी लगाउने ?
आइतबार, २१ भदौ २०७७ -
‘आफ्नै भाका ल्याउन मन छ’
आइतबार, १४ भदौ २०७७