१६ वर्षमै ह्याट्रिक कीर्तिमान

सम्पूर्ण
बिहिबार, ०८ फागुन २०७६
पाकिस्तानका तीव्र गतिका बलर नसीम साहले बंगलादेशविरूद्धको टेस्ट क्रिकेटमा ह्याट्रिक गरेर विश्व कीर्तिमान कायम गरेका छन्। उनी टेस्ट क्रिकेटमा ह्याट्रिक गर्ने विश्वकै कान्छो खेलाडी बने। नसीमले आफ्नो चौथो टेस्टमै ह्याट्रिक गरेका हुन्।
नसीमले बनाएको यो कीर्तिमान यसअघि बंगलादेशका लेग स्पिनर आलोक कपलीको नाममा थियो। उनले सन् २००३ मा १९ वर्षको उमेरमा पाकिस्तानविरूद्ध ह्याट्रिक गरेका थिए।
बंगलादेशविरुद्धको पहिलो टेस्टको तेस्रो दिन पाकिस्तानका १६ वर्षीय नसीमले लगातार तीन बलमा पाहुना टोलीका तीन खेलाडीलाई आउट गरे। रावलपिन्डीमा खेलको ४१ औँ ओभरमा उनले यो कीर्तिमान बनाएका हुन्। सो ओभरको चौथो बलमा नाजमुल हसिनलाई एलबीडब्लूको धरापमा पारेका उनले पाँचौ बलमा तइजुल स्लाम र छैटौँ बलमा महमुदुल्लाहलाई आउट गरे।
गत नोभेम्बरमा अस्ट्रेलियाविरुद्धको खेलबाट टेस्ट क्रिकेटमा डेब्यू गरेका नसीमले डिसेम्बरमा श्रीलंकाविरूद्धको दोस्रो टेस्टको दोस्रो पालीमा पाँच विकेट लिए। उनी टेस्ट क्रिकेटको एकै पालीमा पाँच विकेट लिने सबैभन्दा कान्छो तीव्र गतिका बलर पनि हुन्। अहिलेसम्म एक दिवसीय क्रिकेट खेल्ने अवसर नपाएका उनले चार टेस्टमा १३ विकेट लिइसकेका छन्।
तपाईको कमेन्ट
मुख्य समाचार
-
पायलले लगाइन् कश्यपमाथि आरोप
बुधबार, ०७ असोज २०७७ -
‘मनोबल दह्रो हुने सन्देश दिनुपर्यो’
बुधबार, २४ भदौ २०७७ -
कस्ता मास्क कसरी लगाउने ?
आइतबार, २१ भदौ २०७७ -
‘आफ्नै भाका ल्याउन मन छ’
आइतबार, १४ भदौ २०७७