मेसीको अत्यधिक कमाइ

सम्पूर्ण
बिहिबार, ०८ फागुन २०७६
स्पेनिस क्लब बार्सिलोनाका अर्जेन्टिनी स्ट्राइकर लियोनेल मेसी विश्वमै सबैभन्दा धेरै कमाउने फुटबलर बनेका छन्। फ्रेन्च पत्रिका ‘लिक्विप’का अनुसार उनको मासिक आम्दानी युभेन्टसका क्रिस्टियानो रोनाल्डोको भन्दा दोब्बर बढी छ। पोर्चुगलका स्ट्राइकर रोनाल्डोले मासिक ४५ लाख युरो हात पार्छन् भने मेसीले महिनामा ८३ लाख युरो हात पार्ने गरेका छन्।
धेरै आम्दानी गर्ने खेलाडीको सूचीमा तेस्रो स्थानमा रहेका ब्राजिलियन स्ट्राइकर नेमारको कमाइ भने ३० लाख युरो छ। फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेनबाट व्यावसायिक फुटबल खेल्दै आएका उनी फ्रेन्च लिगका सबैभन्दा महँगा खेलाडी हुन्। पीएसजीकै केलिन एमबाप्पेले महिनामा २० लाख युरोभन्दा कम पाउँछन्।
मेसी, रोनाल्डो र नेमारपछि धेरै कमाउने खेलाडीमा एन्टोनी ग्रिजम्यान र लुइस सुआरेज छन्। उनीहरूले नेमारको भन्दा एक–डेढ लाख युरो कम पाउने गरेका छन्। स्पेनिस क्लब रियल म्याड्रिडका जोडी ग्यारेथ बेल र इडेन हजार्डको कमाइ भने २५ लाख युरोको आसपास छ।
इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडका स्पेनिस गोलकिपर डेभिड डी जिया धेरै कमाउने गोलकिपर मात्र होइन, धेरै कमाउने प्रिमियर लिगकै पहिलो खेलाडी हुन्। उनले महिनामा साढे १७ लाख युरो कमाउँछन्। आर्सनलका मेसुट ओजिल र म्यानचेस्टर सिटीका केभिन डी ब्रुयनको कमाइ डी जियाको भन्दा एक लाख युरो कम छ।
फुटबल प्रशिक्षकको आम्दानी हिसाब गर्ने हो भने एथ्लेटिको मड्रिडका डिएगो सिमोनलाई कसैले पनि भेट्न सक्दैन। उनले महिनामा ३६ लाख युरो हात पार्छन, जुन म्यानचेस्टर सिटीका पेप ग्वार्डिओलाको भन्दा झण्डै दोब्बर बढी हो। ग्वार्डिओलाले साढे १९ लाख युरोमा चित्त बुझाउने गरेका छन्।
इंग्लिस प्रिमियर लिग अंक तालिकाको शीर्ष स्थानमा रहे पनि लिभरपुलका प्रशिक्षक जुर्गेन क्लोप धेरै तलब हात पार्ने प्रशिक्षकको सूचीको शीर्ष स्थानमा छैनन्। क्लोपसँगै टोटेनह्यामका होसे मोरिन्हो, स्पेनिस क्लब रियल मड्रिडका प्रशिक्षक जिनेदिन जिदानको तलब मासिक १४ लाख युरो छ। बार्सिलोनाका खेलाडी मेसीले महिनामा ८३ लाख कमाउने भए पनि उनका प्रशिक्षक क्विके सेटिनको मासिक तलब भने पाँच लाख युरो मात्र छ।
तपाईको कमेन्ट
मुख्य समाचार
-
पायलले लगाइन् कश्यपमाथि आरोप
बुधबार, ०७ असोज २०७७ -
‘मनोबल दह्रो हुने सन्देश दिनुपर्यो’
बुधबार, २४ भदौ २०७७ -
कस्ता मास्क कसरी लगाउने ?
आइतबार, २१ भदौ २०७७ -
‘आफ्नै भाका ल्याउन मन छ’
आइतबार, १४ भदौ २०७७