पेले स्वस्थ छन्

writer

सम्पूर्ण

बिहिबार, ०८ फागुन २०७६


तीन पटकका विश्वकप विजेता ब्राजिलियन फुटबल हस्ती पेलेले आफू पूर्ण रूपमा स्वस्थ रहेको दाबी गरेका छन्। उनका छोरा एन्डिहोले ब्राजिलको एक टेलिभिजन च्यानललाई दिएको अन्तर्वार्तामा बुबा बिरामी परेको र घर बाहिर निस्कने इच्छा नै गर्न छाडेको बताएका थिए। 

तर, ७९ वर्षीय पेलेले छोराको भनाइ खारेज गर्दै आफू उमेरअनुसार स्वस्थ र सक्रिय रहेको दाबी गरेका छन्। १० महिनाअघि साओ पाउलोको एक अस्पतालमा उनको मिर्गौलाको पत्थरीको शल्यक्रिया गरिएको थियो। पिसाबग्रन्थीको समस्यासँग पनि जुधिरहेका उनको खुट्टामा पनि समस्या छ। त्यसैले उनी पछिल्लो समय ह्विलचेयरमार्फत सार्वजनिक कार्यक्रममा सहभागी हुने गरेका थिए। पेलेले आफूमा शारीरिक सीमितता भएको र त्यसलाई स्वीकार गरेको पनि बताए।

विश्वका सर्वकालीन महान् फुटबलर पेलेले २१ वर्षको खेल जीवनमा १ हजार ३ सय ६३ खेलमा १ हजार २ सय ८१ गोल गरे। ब्राजिलको जर्सीमा ९१ खेल खेलेका उनले ७७ गोल गरेका थिए।

तपाईको कमेन्ट

मुख्य समाचार