मिलनमा मग्न

writer

सम्पूर्ण

बिहिबार, ०१ फागुन २०७६


साम्राज्ञीराज्य लक्ष्मी शाह-देवांश राणा

रिलमा अभिनय र रियलमा प्रेमका कारण सधैँ चर्चामा आउने नाम हो, साम्राज्ञीराज्यलक्ष्मी शाह। पहिलो फिल्म ‘ड्रिम्स’मा अभिनय र सुन्दरताका कारण नाम कमाएकी साम्राज्ञी पछिल्लो समय भने अरू खबरभन्दा प्रेमको खबरले गसिप कोलमको शोभा बन्ने गरेकी छिन्। पहिलो फिल्मको सफलतासँगै थुप्रैको मनमा बस्न सफल साम्राज्ञीले भने व्यवसायी मयंक खड्कालाई मनमा राखेकी थिइन्। तर, छ महिनायता मयंकलाई रिप्लेस गरेर देवांश राणाले साम्राज्ञीको मनमा डेरा जमाएका छन्। केही समय मिडियाबाट लुक्दै भाग्ने यो जोडी आजभोलि भने सामाजिक सञ्जालमा खुल्लमखुल्ला देखिने गरेको छ। साम्राज्ञीले देवांशसँगका तस्बिर ढुक्कैसँग राख्ने गरेकी छिन्। देवांश उद्योग वाणिज्य महासंघ अध्यक्ष भवानी राणाका छोरा हुन्। 

आना शर्मा-सोनम शेर्पा

साम्राज्ञीझैँ प्रेमीसँगका क्षण सामाजिक सञ्जालमा राख्न रुचाउनेमा आना शर्मा पनि पर्छिन्। अनमोल केसीसँग ब्रेकअप गरेर सोनम शेर्पासँग अफेयरमा रहेकी आनाले पनि आफ्नो प्रेम दुनियाँलाई देखाउन कुनै कसर बाँकी राख्ने गरेकी छैनन्। स्विमिङ पुलदेखि होलिडेसम्मको फोटो सेयर गरेर आनाले आफूहरू गहिरो प्रेममा रहेको जनाउ दिने गरेकी छिन्। यती एअरलाइन्सका मालिक लाक्पा सोनम शेर्पाका कान्छा छोरा सोनम स्विट्जरल्यान्डमा पढिरहेका छन्। सोनमसँग गहिरो प्रेममा पर्नुअघि भने आना ‘जेरी’ को–स्टार अनमोल केसीसँगको प्रेममा थिइन्। तर, ‘ड्रिम्स’को सुटिङ चल्दै गर्दा आना र अनमोलको ब्रेकअप भएको थियो। आनाले अनमोल साम्राज्ञीसँग ज्यादा नजिकिएको आरोप लगाउँदै सम्बन्धमा पूर्णविराम लगाएकी थिइन्। दुवैबीच पढाइको विषयमा पनि मतभेद रहेको चर्चा थियो। आना अनमोल पनि फिल्म कम गरेर पढून् भन्ने चाहन्थिन् तर अनमोल पढाइभन्दा फिल्ममा फोकस्ड हुन चाहन्थे। शंकासँगै पढाइ पनि दुवैको बीचमा आएपछि आना र अनमोल अलग भएका थिए।  

शृंखला खतिवडा - सिसन बानियाँ

ढाँटेको कुरा काटे मिल्दैन। पूर्व मिस नेपाल शृंखला खतिवडाको अवस्था यस्तै छ। मिस नेपाल भएसँगै भ्लगर सिसन बानियाँले शृंखलालाई खूब सहयोग गरे। उनको इन्ट्रोडक्सन भिडियो बनाउनेदेखि लिएर ‘ब्युटी विद पर्पोस’को भिडियो बनाउनसम्म पनि सिसनको ठूलो सहयोग थियो। तर, यो सहयोगको पछि अरू कुनै कारण होला, कसैले पनि सोचेका थिएनन्। मानिसको मनमा शंका त्यतिबेला पस्यो, जब सिसन र शृंखलालाई टर्कीको मरुभूमिमा सँगै देखियो। इन्स्टामा सार्वजनिक भएको त्यो फोटोमा शृंखला सिसनको छातीमा टाउको राखेर क्युट पोज दिइरहेकी थिइन्। 

तर, यतिबेला फेरि अर्को फोटो बाहिरिएको छ, जहाँ सिसनले शृंखलालाई किस गरिरहेका छन्। मतलब शृंखला सिसनको प्रेममा छिन्। 

नम्रता श्रेष्ठ-दावा स्टिभन शेर्पा

सेक्स भिडियो सार्वजनिक भएपछि केही वर्ष चुपचाप रहेकी नम्रता श्रेष्ठको नाम प्रेम घलेसँग जोडिएको थियो। सन् २०१२ मा दुवैले एकअर्काको प्रेम कबुल गरेका थिए, तर सन् २०१४ मा उनीहरूको ब्रेकअप भएको थियो। पछिल्ला केही वर्ष नम्रता दावा स्टिभन शेर्पासँगको प्रेममा छिन्। ट्रेकिङदेखि सिनेमा हलसम्ममा साथ देखिने यो जोडी लिभ इन रिलेसनसिपमा रहने गरेको चर्चा छ। उनीहरू काठमाडौँ, नक्सालस्थित एक अपार्टमेन्टमा सँगै बस्ने गरेको समेत स्रोतको दाबी छ। नेपाली बुबा र बेल्जियन आमाको कोखबाट जन्मिएका दावाले एभरेस्टको बेसक्याम्पमा बेकरी खोलेका छन्, जसलाई संसारकै अग्लो ठाउँमा खोलिएको रेस्टुरेन्ट मानिएको छ। दावा नम्रतासँगको अफेयरमा पर्नुअघि अभिनेत्री निशा अधिकारीसँग सम्बन्धमा रहेको चर्चा थियो।   

पूजा शर्मा-आकाश खड्का

फिल्मका कलाकारको प्रेम अधिकांश समय सुटिङ सेटबाट सुरु हुन्छ। पूजा शर्मा र आकाश खड्काको प्रेम पनि सुटिङमै अंकुराएको थियो। ‘राम कहानी’को सेटमा एकअर्कालाई भेटेका उनीहरू सुटिङ नसक्दै गहिरो प्रेममा परेको चर्चा थियो। तर, यो प्रेम कहानीमा रोचक ट्वीस्ट के छ भने आकाशअघि पूजाको नाम सोही फिल्मका निर्देशक सुदर्शन थापासँग जोडिँदै आएको थियो। पूजालाई भेटेपछि सुदर्शनले पनि उनलाई बाहेक अरूलाई लिएर फिल्म निर्देशन गरेका छैनन् भने पूजाले पनि भर्खरै मात्र सुदर्शन बाहेकका निर्देशकसँग काम गर्न सुरु गरेकी छन्।  पूजा र आकाशले खुलेर आफ्नो प्रेम त स्विकारेका छैनन्, तर पूजालाई आकाशबिना हम्मेसि देख्न मुश्किल भएपछि धेरैले उनीहरू अफेयरमा रहेको खबरलाई सत्य मानेका छन्। यो जोडीलाई फ्यानले आकु जोडीको नाम दिएका छन्। 

सृष्टि श्रेष्ठ–सौगात मल्ल

सृष्टि श्रेष्ठ र सौगात मल्लको प्रेम कसरी प¥यो होला भनेर अचम्म मान्नेको संख्या राम्रै छ, तर सत्य यही नै हो, उनीहरू करिब तीन बर्षदेखि अफेयरमा छन्। सौगात र सृष्टिको भेट सुनील पोखरेलको अभिनय क्लासमा भएको थियो, जहाँ सृष्टि अभिनय सिक्न गएकी थिइन् भने सौगात अतिथिका रूपमा। तर, दुवैको प्रेम सृष्टिको पहिलो फिल्म ‘गाजलु’को रिलिजपछि भएको थियो। पछिल्लो समय भने उनीहरूले जोडीका रूपमा टन्नै फिल्म खेलिरहेका छन्।

ब्ेनिशा हमाल-रौनकविक्रम कँडेल

यो साल बेनिशा हमालको एउटा मात्र फिल्म रिलिज भयो, ‘घर’। फिल्म नखेलेपछि कलाकार लगभग चर्चाको दुनियाँभन्दा परै रहन्छन्। उनको पनि लगभग यही अवस्था छ। तर, यो साल फिल्ममा खास उपलब्धि हासिल गर्न नसके पनि व्यक्तिगत जीवनमा उनले छलाङ मारेकी छिन्। यो साल बेनिशाको नाम फिल्म निर्माता रौनकविक्रम कँडेलसँग जोडियो। ‘कबड्डी’ सिरिजका निर्माता रौनक र बेनिशा विवाह गर्ने तरखरमा रहेको चर्चा छ।

अस्प्रिना श्रेष्ठ-सलिनमान बानियाँ

दोस्रो फिल्म खेल्नुअघि सलिनमान बानियाँले अस्प्रिना श्रेष्ठलाई प्रेमिकाका रूपमा सार्वजनिक गरेर धेरै महिला फ्यानको मुटु दुखाएका थिए। यो साल उनको टाइमलाइनमा नयाँ कुरा खासै आएनन्, तर बेलाबखत अस्प्रिनासँगको फोटो भने आइरह्यो। सलिनले यो पटक पनि तेस्रो फिल्म साइन गरेको खबर आएको छैन र आजकल उनको क्लोदिङ स्टोरको पनि खास सक्रियता छैन।

शुभेच्छा खड्का-अनुप सापकोटा 

अफेयरको लिस्टमा मिस नेपाल तथा अभिनेत्री शुभेच्छा खड्का र अनुप सापकोटा पनि छन्। फिल्म ‘रणवीर’बाट नेपाली फिल्ममा डेब्यू गरेकी शुभेच्छा र अनुपको प्रेम यही फिल्मको प्रिमियरमा छताछुल्ल भएको थियो। यी दुईको अफेयरबारे चाल पाएका पत्रकार उनीहरूलाई एउटै फ्रेममा कैद गर्न चाहन्थे, जुन प्रिमियरको समयमा पूरा भएपछि दुवैको अफेयर सतहमा आएको थियो। शुभेच्छा र अनुप करिब छ वर्षदेखि साथी हुन् भने पाँच वर्षयता प्रेमी–प्रेमिका। केही फिल्मको पटकथा लेखनसमेत गरेका अनुप पछिल्लो समय एड मेकिङमा सक्रिय छन्। 

माला लिम्बू-दिवस श्रेष्ठ

फिल्म ‘वन वे’ अभिनेत्री माला लिम्बू र व्यवसायी दिवस तामाङ श्रेष्ठ पनि अफेयरमा रहेका जोडी हुन्। सिंगापुरमा लामो समय बिताएर नेपाल फर्केकी मालाले एक साप्ताहिकसँगको अन्तर्वार्तामा आफू लिभ इन रिलेसनसिपमा रहेको खुलासा गरेकी थिइन्। माला र दिवसले सँगै केही म्युजिक भिडियोमा समेत काम गरेका छन्। 

मलिना जोशी-सुशान्त प्रधान

अनुपविक्रम शाहीसँग ‘ब्रेकअप’ भएपछि एक्लै रहेकी पूर्व मिस नेपाल एवं अभिनेत्री मलिना जोशीले पनि यो साल नयाँ प्रेमी सार्वजनिक गरिन्। थाइल्यान्डमा सेक्सी पोजमा प्रेमीसँग खिचेको फोटो सार्वजनिक गर्दै उनले प्रेममा रहेको घोषणा गरेकी थिइन्। मलिनाको प्रेमीको नाम सुशान्त प्रधान हो। सुशान्त पेशाले जिम ट्रेनर हुन्। मलिनाको नाम सुशान्तअघि सारुक ताम्रकारसँग पनि जोडिएको थियो। ‘रानी’मा सँगै काम गरेका मलिना र सारुक रात्रि क्लबमा पनि एकाध पटक देखिएपछि धेरैले अफेयरको शंका गरेका थिए।

तपाईको कमेन्ट

मुख्य समाचार