न्युटनको तेस्रो नियम

सम्पूर्ण
बुधबार, २९ माघ २०७६
कृष्णज्वाला देवकोटा
सरकारको अभिभावकत्व ठूला ठेकेदारलाई छ, हरेक नागरिक उसको मतलबभित्र छैनन् । प्रधानमन्त्री दलाल व्यापारीको चिन्ता गर्छन्, अप्ठ्यारो झेलिरहेका आमजन प्राथमिकतामा छैनन् । नत्र वुहानमा अलपत्र विद्यार्थी चिच्याइरहँदा नवनिरो बाँसुरी फुकेर किन बस्थे ?
सङ्गीत
गोरखापत्रको शीर्षक भन्छ– ‘बाँसुरीको धुनमा रम्नुभो प्रधानमन्त्री ।’ अनि समाचार भन्छ– ‘बालक रुन्छ, त्यो पनि सङ्गीतकै प्रकार हो ।’ वुहानका विद्यार्थीको रोदन पनि प्रधानमन्त्रीलाई सङ्गीतकै प्रकार लागिरहेको छ, होइन ?
...........................................................................................
किशोर नेपाल
वुहानमा बिचल्ली परेकी बहिनी र उनको परिवारको पीडालाई नयाँ पत्रिकाका कृष्णज्वाला देवकोटाले गरेको चित्रणले प्रम ओलीलाई द्रवित नबनाए पनि उनको नेतृत्वको सरकारको नालायकीलाई छर्लंग पारेको छ । हामी स्वतन्त्र देशमा होइन, कुनै सरदारले चलाएको कबिलामा बाँचेको जस्तो छैन त ?
विवेक कुमार
धेरै सरदारको कबिलामा बसेर आएजस्तो कुरो पो गरियो त !
...........................................................................................
आन्विका गिरी
राष्ट्रको इज्जतको इगोभन्दा ठूलो मानवता हो भनेर चीनले नबुझुञ्जेल कैयौँ मान्छे मर्छन् । चीनको लाज राख्न हाम्रा प्रम, मन्त्रीले आफ्ना जनतालाई बलिमा राख्न खोज्छन् भने पीडित जनता हरेक त्यो ठाउँ जानुपर्छ, जहाँ मानवताको सुनुवाइ हुन्छ ।
चन्द्र लामा तामाङ
चीनको लाज राख्न भन्ने लाइनको आशय के हो ? चीनले लाज छोप्न सत्यतथ्य बाहिर नल्याएर आफ्नै मान्छे मार्दै भन्या ?
...........................................................................................
अविनाश श्रेष्ठ
कोरोना भाइरसको महामारीको चपेटामा परेका चीनको वुहान शहरमा फसेका नेपाली विद्यार्थी र नागरिकको उद्धार गर्न किन अलमल र आलटाल गरिरहेको छ, नेपाल सरकार ? मान्छेको जीवनसँग यसरी खेलबाड गर्न अलिकति त धक मान्नुपर्छ, लाजशरम लाग्नुपर्छ ।
सीताराम उप्रेती
माझीका सल्लाहले सात गाउँ डुबेको उखानजस्तै हुने भो सरकार ।
...........................................................................................
तपाईको कमेन्ट
मुख्य समाचार
-
पायलले लगाइन् कश्यपमाथि आरोप
बुधबार, ०७ असोज २०७७ -
‘मनोबल दह्रो हुने सन्देश दिनुपर्यो’
बुधबार, २४ भदौ २०७७ -
कस्ता मास्क कसरी लगाउने ?
आइतबार, २१ भदौ २०७७ -
‘आफ्नै भाका ल्याउन मन छ’
आइतबार, १४ भदौ २०७७