कलंकीमा ‘मायाज’को शाखा

writer

सम्पूर्ण

मङ्गलबार, २८ माघ २०७६


सौन्दर्य विशेषज्ञ गीता गिरीले ‘मायाज ब्युटिपार्लर एन्ड ट्रेनिङ सेन्टर’को चौथो शाखा काठमाडौँको कलंकीका सञ्चालनमा ल्याएकी छिन् । भक्तपुरको सूर्यविनायकमा पहिलो आउटलेट खोलेकी उनले मायाजका शाखा विस्तार गर्ने क्रममा कलंकीमा नयाँ शाखा खोलिएको बताइन् । मायाजको भक्तपुरको सूर्यविनायक, काठमाडौँको नयाँ बानेश्वर र ललितपुरको लगनखेलमा आउटलेट सञ्चालनमा छन् । कलंकीको नयाँ आउटलेट अभिनेत्री श्वेता खड्काले उद्घाटन गरेकी थिइन् । 

गुणस्तरीय प्रविधि तथा सुविधासम्पन्न पार्लरमा अनुभवी सौन्दर्यकर्मीले सेवा प्रदान गर्ने सञ्चालक गिरीले बताइन् । पार्लरले अन्तर्राष्ट्रिय स्तरको हेयर स्टाइल ट्रेनिङ, मेकअप ट्रेनिङ, सेल्फ मेकअप, प्रोफेसनल मेकअप ट्रेनिङ प्रदान गर्नेछ । मायाजले नेपालभरि ब्युटिसियन सेमिनार तथा ट्रेनिङ सञ्चालन गर्दै आएको छ । 

तपाईको कमेन्ट