परमितालाई थप पीडा

writer

सम्पूर्ण

आइतबार, २६ माघ २०७६


परमिता राणालाई यतिबेला एउटा हिट फिल्म जरुरी थियो । उनले भर्खरै रिलिज भएको ‘दी कर्मा’बाट त्यो अपेक्षा राखेकी पनि थिइन् । यही अपेक्षाका कारण नै परमिता घरमा चुपचाप बस्नुपर्ने समयमा पनि फिल्मको प्रचारका लागि बाहिर निस्किएकी थिइन् । तर, उनका सबै प्रयत्न व्यर्थ भएका छन् । उनले आश गरेको ‘दी कर्मा’ले पनि त्यही बाटो समात्यो, जुन बाटो उनका अघिल्ला फिल्मले समातेका थिए । 

परमिता सवार कारले एउटी महिलालाई ठक्कर दिएपछि उनको घटनास्थलमै मृत्य भएको थियो । कारमा परमिता पनि रहेको खबर बाहिरिएसँगै उनले सामाजिक सञ्जालमा भक्कु गाली खाइरहेकी थिइन् । तर, फिल्मको सफलताले त्यो सबै दुःस्वप्न बिर्साउला भन्ने थियो तर भयो उल्टो ! अझ फिल्म त पहिलो सोदेखि नै दर्शकविहीन बन्यो । न दर्शकले हेरे, न अरू कोहीले । परमितालाई कतैबाट सुख छैन । 

तपाईको कमेन्ट