आँचल पनि दुलही

writer

सम्पूर्ण

आइतबार, २६ माघ २०७६


यता प्रियंका कार्की बिहेको पहेली बुझाइरहेकी छिन् । उता आँचल शर्माले भने चुपचाप विवाह सकाउन लागिसकिन् । सामाजिक सञ्जालमा सार्वजनिक भएका तस्बिरले यस्तै संकेत गर्छन् । गत शुक्रबार मात्र उनले ‘ब्राइड टू बी’ गाउन लगाएर केक काट्दै विवाहको मिति नजिक आएको संकेत दिएकी थिइन् । 

आँचलले चितवन पुख्र्यौली घर भएका मेडिकल डाक्टर उदीप श्रेष्ठसँग विवाह गर्न लागेकी हुन् । स्रोतका अनुसार आँचल र उदीपले विवाहका लागि यही फागुनको अन्तिमतिरको दिन रोजेका छन् । तर, मिति भने सार्वजनिक भइसकेको छैन । उनीहरूको अफेयर गत वर्षको दशैँपछि सुरु भएको थियो । सुरुसुरुमा आँचलले अफेयरको खबरलाई साथीको नाममा ढाक्ने कोसिस गरेकी थिइन्, तर पछिल्ला दिनमा भने आँचलको इन्स्टाग्राम उदीपसँगको फोटोले रंगिएको हुन्थ्यो । 

आँचलको विवाह हामी त खुशी भएर हेरौँला । तर, बिचरा, पल शाहले कसरी हेर्लान्– ‘मन परेको मान्छेलाई अर्कैले सिन्दुर हालेको ?’

तपाईको कमेन्ट

छुटाउनु भयो कि