केकीको चोरी

writer

सम्पूर्ण

आइतबार, २६ माघ २०७६


केकी अधिकारी आजभोलि दंग छिन् । सबैभन्दा पहिला त यही साल उनले जीवनको पहिलो हिट फिल्म दिइन्, ‘छ माया छपक्कै’का रूपमा । दोस्रो, उनले निर्माण गरेको कमेडी च्याम्पियनले अहिले चर्चा पाइरहेको छ । 

रियालिटी सोमा निर्माताभन्दा पनि प्रतियोगी स्वयंको प्रतिभाले ठूलो अर्थ हुन्छ । तर, जे कुरामा पनि क्रेडिट लिने बानी भएपछि कसको के लाग्छ ? अहिले केकी र रिमा सोको क्रेडिट लिन मिडिया चहारिरहेका छन् । यही क्रममा केकीले ‘कोहलपुर एक्सप्रेस’को चोरीको दाग मेटाउन नयाँ सो बनाएको गफ दिन भ्याइन् । 

तर, गफ दिँदादिँदै पनि केकीले नबुझेको कुरो, केकीले अहिले जे कुरामा गर्व गरिरहेकी छिन्, त्यसको कन्सेप्ट पनि उनले फिल्म उडाएतिरैबाट उडाएकी हुन् । भारतमा आजभन्दा १०–१२ वर्षपहिले नै ‘कमेडी च्याम्पियन्स’ नामक सो आइसकेको थियो । अहिले भारतमा लोकप्रिय रहेका कपिल शर्मा यस्तै प्रतियोगिताबाट उदाएका हुन् । सरी केकी ! सोको चर्चामा दंग पर्नुस् । यसबाट पैसा पनि टन्न कमाउनुस् । तर, प्लिज, नयाँ काम गरेँ भनेर दर्शकलाई उल्लु नबनाउनुस् ।

तपाईको कमेन्ट

छुटाउनु भयो कि