तस्बिरमा अन्नपूर्ण साइकल र्‍याली

writer

सम्पूर्ण

शनिबार, १८ माघ २०७६


काठमाडौं : शनिबार अन्‍नपूर्ण मिडिया नेटवर्कले आयोजना गरेको साइकल र्‍याली सम्पन्न भएको छ। पाठेघरको क्यान्सरविरुद्ध जनचेतना जगाउने उद्देश्यले आयोजित अन्नपूर्ण साइकल र्‍यालीमा करिब दुई हजारको सहभागिता रहेको थियो। 

शनिबार बिहान तीनकुनेस्थित अन्नपूर्ण पोस्ट्को कार्यालय परिसरबाट सुरु र्‍याली गौशाला, चाबहिल, महाराजगन्ज, गोंगबु, बालाजु, सोह्रखुट्टे, लैनचौर, दरबारमार्ग, रत्नपार्क, भद्रकाली, त्रिपुरेश्वर, थापाथली, माइतीघर, नयाँबानेश्वर हुँदै पुनः तीनकुनेमै पुगेर टुंगिएको हो। पाठेघरको मुखको क्यान्सरविरुद्ध जनचेतना जगाउने र साइकलमैत्री समाज निर्माणको अभियानमा थप टेवा पुर्‍याउने उद्देश्यले अन्नपूर्ण मिडिया नेटवर्कले हरेक वर्ष आयोजना गर्दै आइरहेको र्‍यालीको छैठौँ संस्करण सम्पन्न भएको हो। 

र्‍यालीको उद्‍घाटन विशिष्ठ व्यक्तित्वहरुबाट भएको थियो । पर्यटन तथा संस्कृतिमन्त्री योगेश भट्टराई, श्रम तथा रोजगार मन्त्री रामेश्वर राय यादव, अन्‍नपूर्ण मिडिया नेटवर्कका अध्यक्ष रामेश्‍वर थापा, प्रधान सम्पादक हरिबहादुर थापा, नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, बरिष्ठ कलाकारद्वय हरिवंश आचार्य र मदनकृष्ण श्रेष्ठ, गायिका आनी छोइङ, क्यान्सर केयर फाउन्डेसनका अध्यक्ष तथा पूर्वमहान्यायाधीवक्ता सुशील पन्त, बरिष्ठ चिकित्सक भगवान कोइराला, जगदीश अग्रवाल लगायतले संयुक्त रुपमा र्‍याली उद्‍घाटन गरेका थिए।

हेर्नुहोस् फोटो पत्रकार विकास कार्की, उमा विष्ट, सुनिता डंगोल र दीपेन श्रेष्ठले खिचेका तस्बिर।

 

तपाईको कमेन्ट

छुटाउनु भयो कि