न्युटनको तेस्रो नियम

writer

सम्पूर्ण

बुधबार, १५ माघ २०७६


रामेश 
शंका लागेका बिरामीलाई क्वारेन्टाइनमा राख्नसम्म त ठीकै हो, तर पूरै १० वटा शहरलाई नै हिरासत बनाइदिने चिनियाँ तरिका चैँ अति अमानवीय लाग्यो। त्यसो हो भने त विमानस्थलमा जाँच गर्नसमेत नसक्ने नेपालले चीनबाट आउने सबै मार्ग बन्द गर्दे भैगयो त। न रहे बाँस, न बजे बाँसुरी ! 
टीसी घिमिरे 
के संसारभरि महामारी फैलाउन सहयोग गर्नुपथ्र्यो ? नेपाली समाजमा स्वतन्त्रताको परिभाषाभित्र जिम्मेवारी पर्दैन। भाग्यवादमा विश्वास गर्नेलाई भगवान्को लीलामा मानव हस्तक्षेप चित्त नबुझे पनि महामारी फैलिन नदिन चीन सरकारले देखाएको तदारुकता विश्वले मन पराएको छ।
...........................................................................................

लक्ष्मीपूजा 
चिनियाँ जनजीवन ठप्प र अर्थतन्त्र नै तहसनहस हुने गरी फैलिएको कोरोना भाइरस नेपाली विज्ञहरूका नजरमा त्यति खतरनाक होइन रे। किन÷कसरी रहेछ ? 

कर्णालीको कान्छो 
ओली सरकार छ। तपाईं ढुक्क हुनुहोस्। हाम्रा प्रमले एक टुक्का हान्दिनुभो भने सबै भाइरस उतै जान्छन् रे। 
........................................................................................... 

रूपेश श्रेष्ठ 
नमस्कार गर्ने कि ह्यान्ड सेक गर्ने ? सीधा भन्ने हो भने मलाई त यी दुवैको साटो ‘भात खाइस् ?’ भन्ने अभिवादन सबैभन्दा राम्रो लाग्छ। 

गिरिश पोख्रेल
संसारमा सबैले काँ’ट भात खान पाउँछन् र ? उही राजा त्रिभुवनले यिनले दूधभात त खाए होलान् नि भनेजस्तो कुरो आयो त। 
........................................................................................... 
विष्णु रिजाल 
केही ‘राजावादी’का कुरा सुन्दा उदेक लाग्छ। ज्ञानेन्द्र शाहले एकपछि अर्काे आत्मघाती कदम चालेर संविधान कुल्चिएका कारण आन्दोलन चर्किंदा आफूलाई बचाइदिन भारतबाट विशेष दूत बोलाएर हारगुहार गर्दा पनि नमानेर जनता सडकमा उत्रेर ल्याएको गणतन्त्रलाई ‘विदेशीले ल्याइदिएको’ भनेर अपमान गर्छन्। 

एकनाथ दाहाल 
ज्ञानेन्द्र शाहलाई भन्नुभन्दा आफ्ना नेतालाई सोध्नुहोस्– सीमा व्यवस्थापन÷नियमन, सीमा वारपारमा परिचयपत्रको अनिवार्यता, शक्तिशाली नागरिकता छानबिन आयोग गठन, १९५० को सन्धि खारेज, गोर्खा भर्तीकेन्द्र बन्द, पेन्सन वितरण क्याम्प बन्द, कम्युनिस्ट सरकारको अनुभूति, भ्रष्टाचारमा कठोरता...
...........................................................................................

तपाईको कमेन्ट

मुख्य समाचार