सन्न्यासबारे सोच्दै सारी

सम्पूर्ण
बुधबार, १५ माघ २०७६
इटालियन सिरी ए क्लब युभेन्टसका प्रशिक्षक माउरिजियो सारीले छिट्टै प्रशिक्षक जीवनबाट सन्न्यास लिने बताएका छन्। ३० वर्ष फुटबल प्रशिक्षकको जीवन बिताइसकेका उनले छिट्टै सन्न्यास लिने बताए पनि मिति भने घोषणा गरेका छैनन्। सन् १९९० देखि प्रशिक्षकको जिम्मेवारी सम्हालेका ६१ वर्षका उनले युरोपका २० वटा क्लबमा प्रशिक्षकका रूपमा काम गरिसकेका छन्। इटालीका क्लबको पहिलो रोजाइमा पर्ने सारी गएको सिजन इंग्लिस क्लब चेल्सी छाडेर आफ्नै देशको युभेन्टस आएका थिए। त्यसअघि तीन वर्ष नापोलीमा बिताएर उनी चेल्सी गएका थिए।
पूर्वक्लब नापोली फर्कनेबारे पत्रकारले सोधेको प्रश्नमा उनले सन्न्यासको संकेत गरेका हुन्। ‘नापोली फर्कने होइन, मैले त अब सन्न्यास लिने बारेमा सोचेको छु,’ उनले भने, ‘निकै अनुभव बटुलेको यो क्षणमा म अब प्रशिक्षकको जिम्मेवारी छाड्ने योजनामा छु।’ युभेन्टससँगको सम्झौता नै प्रशिक्षक जीवनको अन्तिम सम्झौता हुन सक्ने उनले बताए।
सारी चुरोटका अम्मली हुन्। सन् २०१८ मा जर्मन क्लब आरबी लेपिजले आफ्नो घरेलु मैदानमा उनका लागि चुरोट खाने छुट्टै कोठा नै बनाइदिएको थियो। त्यतिबेला नापोलीका प्रशिक्षक रहेका उनी युरोपा लिगको खेलका लागि जर्मनी पुगेका थिए।
तपाईको कमेन्ट
मुख्य समाचार
-
पायलले लगाइन् कश्यपमाथि आरोप
बुधबार, ०७ असोज २०७७ -
‘मनोबल दह्रो हुने सन्देश दिनुपर्यो’
बुधबार, २४ भदौ २०७७ -
कस्ता मास्क कसरी लगाउने ?
आइतबार, २१ भदौ २०७७ -
‘आफ्नै भाका ल्याउन मन छ’
आइतबार, १४ भदौ २०७७