बन्दीपुरमा ‘फुड फेस्ट’

writer

सम्पूर्ण

बुधबार, १५ माघ २०७६


रेबान (रेस्टुरेन्ट एन्ड बार एसोसिएसन नेपाल) ले ‘नेपाल भ्रमण वर्ष–२०२०’ सफल पार्न सहयोग पु¥याउने उद्देश्यले ‘रेबान–बन्दीपुर फेस्ट–२०२०’ आयोजना गर्ने भएको छ । माघ १७ र १८ मा महोत्सव हुनेछ । रेबान पोखरा, रेबान सौराहा तथा केन्द्रीय रेबानले पनि रेस्टुरेन्ट व्यवसायको अभिवृद्धि गरी खाना प्रवद्र्धनको विविध कार्यक्रम आयोजना गरिरहेको रेबानले जानकारी दिएको छ । 

पर्यटकीय गन्तव्य बन्दीपुरमा आन्तरिक पर्यटन प्रवद्र्धनका लागि महोत्सव आयोजना गरिएको रेबानका अध्यक्ष अरनिको राजभण्डारीले बताए । ‘महोत्सव गर्दा ठाउँको प्रवद्र्धन हुन्छ र काठमाडौँ, पोखरा, सौराहाका रेस्टुरेन्ट व्यवसायी र बन्दीपुरका पर्यटक व्यवसायीबीच सद्भाव पनि बढ्छ,’ उनले भने, ‘बन्दीपुरमा सांस्कृतिक कार्यक्रमसहित खाना महोत्सव आयोजना गर्दा त्यहाँको खानपान शैलीबारे पनि पर्यटकले थाहा पाउँछन् ।’

महोत्सवमा खान र बस्नका लागि छुटको व्यवस्थासमेत गरिएको राजभण्डारीले बताए । महोत्सवमा गायन रियालिटी सो ‘नेपाल आइडल’ को पहिलो संस्करणका रनर अप निशान भट्टराई लगायतको प्रस्तुति पनि रहनेछ । 

तपाईको कमेन्ट