यौन सपनाका भावार्थ

writer

सम्पूर्ण

शनिबार, ११ माघ २०७६


जिज्ञासा : के यौन सपना देखिनु स्वाभाविक हो ? यौन सपनाका भावार्थ के–के हुन सक्छन् ?
बी, काठमाडौँ

यौन सपना देखिनु सामान्य हो । यस्ता सपना कसैले धेरै देखेका होलान्, कसैले कम । कसैले व्यक्त गरिहाल्छन्, कसैले गोप्य नै राख्छन्, त्यो फरक कुरा हो । आफ्नै प्रेयसी वा श्रीमती वा पार्टनरबाहेक पनि यौन क्रियाकलाप गरेको सपना देखिनु पनि सामान्य नै हो । अन्य सपनाजस्तै यौन सपना पनि किन देखिएका होला भनेर जिज्ञासा लाग्नु स्वाभाविकै हो । मनोचिकित्सक अन्य सपनाजस्तै यौन सपना देखिनुलाई मानिसको दिनचर्याको परावर्तनका रूपमा लिन्छन् । मानिसलाई तनाव वा चिन्ता छ भने नराम्रो सपना देखिन्छ, खुशी वा सबै ठीक भइरहेको समयमा राम्रै सपना देखिन्छ ।

सेक्स थेरापिस्ट डा. जानेट ब्रिटोका अनुसार मानिसले जागा अवस्थामा व्यक्त गर्न नसकेको कुरा वा घटना नै सपनाको रूपमा देखिने हो । अर्थात्, यौन सपना पनि सांकेतिक छायाँजस्तै हो, तर यसले मानिसमा जिज्ञासा भने पैदा गर्छ । यौन सपनाको क्रममा कोही न कोहीसँग चुम्बन, स्पर्श, यौनक्रीडा आदि यौन क्रियाकलाप गरिएकै हुन्छ । त्यसैले आपूmले देखेको यौन सपनाबारे बुभ्mन मन छ भने त्यसको सुरुवात, मध्य अनि विशेषतः अन्त्य कसरी भएको थियो भनेर पुनःस्मरण गर्नु आवश्यक हुन्छ । तर, जो व्यक्तिसँग त्यस्तो यौन क्रियाकलाप भयो, त्यो असम्भव वा अप्रिय छ भने वा सम्झिनु नै चाहनुहुन्न भने पनि ठीक छ । 

त्यसैले अन्य घटनाजस्तै निदाइरहेको बेलामा यौनसम्बन्धी सपना देख्नु स्वाभाविक प्रक्रिया हो । यौन सपनाको क्रममा स्वप्नदोषका रूपमा वीर्य स्खलन वा योनिरस बग्न सक्ने भए पनि यौन सपना र स्वप्नदोष फरक–फरक कुरा हुन् । सधैँजसो र सबैलाई स्वप्नदोष हुनैपर्छ भन्ने छैन । कतिपय यौन सपनासँगै अर्धचेतन अवस्थामा लिंग उत्तेजना मात्र पनि हुन सक्छ ।

प्रायः व्यक्ति आफ्नो जीवनकालमा यौन सपना देखेर बिउँझेकै हुन्छ । किशोरावस्थामा बढ्ता देखिने यौन सपना तथा स्वप्नदोषका घटना व्यक्तिअनुसार फरक–फरक हुन सक्छ । पुरुषका साथै महिलाले पनि यौनप्रधान सपना देख्छन् । यस क्रममा योनिस्राव अत्यधिक हुने तथा यौन सन्तुष्टि प्राप्त हुने हुन्छ । यौन सपनाको क्रममा कतिपयलाई वास्तवमै यौन कार्यमा संलग्न भइरहेको अनुभूति हुन्छ । यस्तो बेला यौन कार्यमा संलग्न यौनसाथी परिचित वा अपरिचित दुवै हुन सक्छन् ।

बाह्य वातावरण तथा सामाजिक परिस्थितिअनुसार आफूमा भएको यौन चाहना दबाइराख्नुपर्ने हुन्छ । कतिपय व्यक्ति संकुचित भावना तथा हस्तमैथुनप्रतिको नकारात्मक दृष्टिका कारण यौन चाहना दबाउने हुन्छन् । यसै बेला शरीरभित्र विकसित भइरहेको यौन अवस्थाले विकल्प खोज्छ । यस क्रममा धेरैले हस्तमैथुन गरेर आफ्नो यौन चाहना शान्त पार्छन् भने कतिपयमा यौन सपनासँगै वीर्य स्खलन वा योनिस्राव भई यौन तनाव शान्त हुन्छ । कतिपयले यौन सपनासँगै स्खलित हुनै लाग्दा थाहा पाउँछन् भने कतिपयले स्खलित भएपछि मात्र आफूले यौन सपना देखिरहेको थाहा पाउँछन् ।

त्यसो त यौन सपना स्वाभाविक प्रक्रिया भए पनि नियमित यौन सम्पर्कको उपलब्धतासँगै यसमा कमी आउन सक्छ । हस्तमैथुन गर्ने बानी एवं विवाहपश्चात् नियमितजसो यौन कार्यले यौन सपना देख्न कम हुँदै जान्छ । विभिन्न अध्ययनबाट शरीरमा टेस्टोस्टेरोनको मात्रासँग यौन सपना देखिने घटना सम्बन्धित छ । बिरलै तवरले कतिपयको भने सपनामा हिँड्ने बानीजस्तै वास्तवमै सपनामा यौन सम्पर्क स्थापित गर्ने, यौन क्रियाकलाप गर्ने बानी हुन्छ ।

शारीरिक उमेरसँगै यौन विकासको एउटा चिह्नका रूपमा रहेको यौन सपना सबैले देख्नैपर्छ भन्ने चाहिँ होइन । यसले दमित यौन तनाव घटाउन मद्दत गर्ने हुनाले समग्रमा यौन दुव्र्यवहार, यौन हिंसा घटाउन मद्दत गर्छ । प्रजनन प्रणाली राम्ररी विकसित भएको अवस्थामा बारम्बार देखिन सक्छ भने कसैले चाहँदैमा यौन सपना देखिने पनि होइन । यौन सपना देख्ने बानी घटाउन यौन परिकल्पना नगर्ने, यौन सामग्री अत्यधिक नहेर्ने, नपढ्ने, सुत्नुअगाडि पिसाब फेरेर तथा हातखुट्टा राम्ररी धोएर सुत्ने तथा मन शान्त पारेर सुत्ने गर्नुपर्छ । पटक–पटक नै यौन सपना देख्ने गरेको छ भने उपयुक्त परामर्शका लागि  मनोचिकित्सकसँग सल्लाह लिनु राम्रो हुन्छ ।

यौन सपनाका विविध अर्थ

मानिसहरू आफूले देखेको यौन सपनालाई लिएर आ–आफ्नै अर्थ लगाइरहेका हुन्छन् । तर, कतिपय यौन सपना देखिनुमा कुनै समान भावार्थ हुन सक्छ । कोही अपरिचितसँगको यौन सपना देखिनुको अर्थ अधिक यौन चाहना बुझाउँछ । अर्थात्, यसले यौन आवश्यकता परिपूर्ति भइरहेको छैन भन्ने बुझाउँछ । यस्तो परिस्थितिमा आफ्नो पार्टनरसँग भलाकुसारी गरेर यौन सन्तुष्टि पाउनु राम्रो हुन्छ । तर, यसलाई पार्टनरले नकारात्मक तरिकाले लिने गरेर प्रस्तुत हुनु राम्रो होइन । पूर्वप्रेमी÷प्रेमिकासँग यौन सपना देखिनुको अर्थ हालै मात्र सम्बन्ध टुटेको बुझाउँछ भने यसले नयाँ पार्टनरसँग सम्बन्ध बनिनसकेको बुझाउँछ । पूर्वप्रेमी÷प्रेमिकासँग ब्रेकअप भएको लामो समयसम्म पनि पटक–पटक उहीसँग यौन सपना देखिराखेको भए उक्त व्यक्ति नयाँ पार्टनरसँग सन्तुष्ट छैन भन्ने बुझाउँछ ।   

कुनै व्यक्तिले यौन खेलौनासँग यौन क्रियाकलाप गरेको यौन सपना देखेको अर्थ उक्त व्यक्तिका अभिभावकबाट बढी नियन्त्रित भएको बुझाउँछ । यौन खेलौना नै उपयोग गर्नु त नराम्रो होइन, यस्तो अवस्थामा आफ्नो पार्टनरको बुझाइमा दखल नपर्ने गरी यौन सपना सेयर गर्नु राम्रो हुन्छ । त्यसै गरी, कसैले मुखमैथुन गरेको यौन सपना देख्न सक्छ । कसैलाई यस्तो खालको मैथुन अप्राकृतिकजस्तो लागे पनि गोप्य रूपमा चाहना गरिराखेको पनि हुन सक्छ । साइकोथेरापिस्ट डा. फ्रान वाल्फिसका अनुसार मुखमैथुनबारे खुला रूपमा कुरा गर्न नचाहने, अफर गर्न नचाहे पनि मुखमैथुनको चाहना भने हुन सक्छ । यस्तो व्यक्तिले आफ्नो पार्टनरसँग सहज ढंगले कुरा गर्नुपर्छ ।

कतिपय व्यक्तिका अभिभावक मायालु वा हेरचाह गर्ने खालको छैनन् भने त्यस्ता व्यक्तिले आफ्ना शिक्षक, विद्यार्र्थी वा कोही लोकप्रिय व्यक्तिसँग यौन सपना देख्न सक्छन् । ती व्यक्तिलाई आफ्ना आदर्श मानिरहेका हुन सक्छन् । कतिपय व्यक्तिले अश्लील शब्द प्रयोग गरी कुरा गरेको यौन सपना देख्न सक्छ । यो खासमा अर्धचेतन अवस्थाको प्रस्फुटन हो ।

तपाईको कमेन्ट