योङ अब इन्टर मिलानमा

writer

सम्पूर्ण

शनिबार, ११ माघ २०७६


इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडले आफ्ना अनुभवी डिफेन्डर एस्ले योङलाई अर्काे क्लबलाई हस्तान्तरण गरेको छ। योङ १५ लाख युरोमा इटालियन क्लब इन्टर मिलान गएका हुन्। उनले अहिले जारी सिजनको अन्तिमसम्म इन्टर मिलानबाट खेल्ने सम्झौता गरेका छन्। तर, यो सम्झौता लम्बिन पनि सक्नेछ।

इंग्ल्यान्डको राष्ट्रिय टोलीबाट खेलिसकेका उनले आफू इन्टर मिलान जान इच्छुक रहेको बताउँदै आएका थिए। जारी सिजनमा क्लबले उनलाई कप्तानको जिम्मेवारी दिएको थियो। उनले यो सिजनका १० खेल खेले पनि पछिल्लो समय म्यानचेस्टर युनाइटेडको बेन्चमा थन्किँदै आएका थिए।

इंग्लिस क्लब एस्टन भिल्लाबाट सन् २०११ मा युनाइटेडमा अनुबन्ध भएका उनले यो क्लबका लागि १ सय ९२ खेल खेले र १५ गोल गरे। 
उनले इंग्ल्यान्डको राष्ट्रिय टोलीका तर्फबाट भने अहिलेसम्म ३९ खेलमा सात गोल गरेका छन्। तर, पछिल्ला दुई वर्षदेखि उनी राष्ट्रिय टोलीमा पर्न सकेका छैनन्।

तपाईको कमेन्ट

मुख्य समाचार