सिटीका खेलाडी रमे पार्टीमा

सम्पूर्ण
शनिबार, ११ माघ २०७६
इंग्लिस क्लब म्यानचेस्टर सिटीका खेलाडीले एस्टन भिल्लासँगको खेल ६–१ ले जितेपछि मोडलहरूसँग पार्टी गरेका छन्। उनीहरूले प्रशिक्षक पेप ग्वार्डिओलाको स्वीकृतिमा नै पार्टी गरेका हुन्। गत हप्ता भएको यो पार्टी क्रिसमस र नयाँ वर्षको अवसरमा क्लबले नै आयोजना गरेको हो। क्रिसमस र नयाँ वर्षमा खेलाडी धेरै नै व्यस्त भएकाले नयाँ वर्षको दुई हप्तापछि पार्टी आयोजना गरिएको हो।
पार्टीका लागि इटालीबाट २२ जना मोडल इंग्ल्यान्ड पुगेका थिए। उनीहरू नुस्टफोर्डमा रहेको लक्जरी मेरी गल्फ रिसोर्टमा बसेका थिए। उनीहरूले रिसोर्टमा खिचेका तस्बिर सामाजिक सञ्जालमा पोस्ट गरेका छन्। ती मोडललाई त्यो रिसोर्टबाट बसमा राखेर पार्टीस्थलमा लगिएको थियो। तर, पार्टी भएको स्थान खुलाइएको छैन। पार्टीबारे खेलाडीका प्रेमिका र श्रीमतीलाई जानकारी थिएन।
प्रशिक्षक ग्वार्डिओलाले खेलाडीको मुड फ्रेस गर्नका लागि पार्टी आयोजना गर्न दिएको बताएका छन्। पार्टीपछि खेलाडीहरू निकै नै फुर्तिला देखिएको उनले बताए।
तपाईको कमेन्ट
मुख्य समाचार
-
पायलले लगाइन् कश्यपमाथि आरोप
बुधबार, ०७ असोज २०७७ -
‘मनोबल दह्रो हुने सन्देश दिनुपर्यो’
बुधबार, २४ भदौ २०७७ -
कस्ता मास्क कसरी लगाउने ?
आइतबार, २१ भदौ २०७७ -
‘आफ्नै भाका ल्याउन मन छ’
आइतबार, १४ भदौ २०७७