संक्रान्तिमा साँढे भीडन्त

writer

सम्पूर्ण

बुधबार, ०८ माघ २०७६


तस्बिरः सुनिल श्रेष्ठ।

हरेक वर्षजस्तै यो वर्ष पनि माघेसंक्रान्तिमा नुवाकोटको तारुकामा गोरु जुधाइयो । तारकेश्वर गाउँपालिका–३ स्थित तारुकाको चन्दनीमा २१ हल गोरु जुधाइएको थियो ।

चन्दनीसहित जिल्लाका विभिन्न छ स्थानमा ५७ हल गोरु जुधाइएको थियो । विदुर नगरपालिकाको बेत्रावतीमा १३ हल, पञ्चकन्या गाउँपालिकाको घलेभञ्ज्याङमा पाँच हल, लिखु गाउँपालिकाको कट्टिछापमा तीन हल, तादी गाउँपालिकाको सातबिसेमा १० हल, शिवपुरी गाउँपालिकाको शेराबगरमा पाँच हल गोरु जुधाइएको थियो ।


 

तपाईको कमेन्ट

मुख्य समाचार