न्युटनको तेस्रो नियम

सम्पूर्ण
बुधबार, ०८ माघ २०७६
आस्था राउत
मेरो आवाज दुर्व्यवहारविरुद्ध हो, प्रहरी, आर्मी वा प्रशासनविरुद्ध होइन ।
योगेश चापागाईं
तपाईंलाई भएको दुव्र्यवहारप्रति खेद छ, तर तपाईंले बोलेका शब्दले तपाईं पनि सम्मानको लायक हुनुहुन्न रैछ । चेकिङको समयमा शानले हातमा कफी लिएर जीउ तेर्साइदिँदा त्यो चाहिँ अपमान भएन ? रिसको बेला तपाईंले वेद नपढ्ने, प्रहरीले चाहिँ वेद, गीता, बाइबल, कुरान सबै पढ्नुपर्ने ?
...........................................................................................
कनकमणि दीक्षित
नेपालको संक्रमणकालीन न्याय प्रभावकारी नभएको भन्ने अन्तर्राष्ट्रिय मानवअधिकार समुदायको निरन्तरको चासो र द्वन्द्वपीडितहरूको गुनासोका विपरीत यी विषयलाई टुंग्याउन लाग्नुपर्नेमा आरोपित व्यक्तिलाई संसद्को नेता बनाउन लागिएको हो ।
द साइलेन्ट म्युजिक
त्यस्तो कुरा हो भने संसद्को टिकट नदिइनुपर्ने हो, तर जनताले नै जिताएपछि अब यता कराएर के हुन्छ ?
...........................................................................................
सरिता तिवारी
दुई थान जुँगा (भालेवादी अहंकार) र त्यस मुनिका गुट, समूह, बिचौलिया हरेक खालका जुँगाको घनघोर युद्ध कुनै एक थान जुँगाकै अनुमोदनमा पुगेर विश्राम लिने हो भन्ने हाम्लाई था थ्यो ! तर, डा. शिवमायाको अडान र मानसिक युद्ध इतिहासमा दर्ज छ । ‘जुँगावाले’ महोदयहरू, यसको जवाफ इतिहासले दिनेछ ।
खेम अर्याल
शिवमायाको जटारूप धारण र नन्दीभृंगीको नांगो नृत्य पनि नदेखेको कहाँ हो र ?
...........................................................................................
सुधांशु केसी
भिडियोकै आधारमा आस्था राउतमाथि मुद्दा चलाइन्छ र कारबाही हुन्छ भने विचार गरौँ– सूचना प्रविधि विधेयकका कारण हामी जस्ताको के हाल होला ?
बालाराज
भिडियोभन्दा पनि बलियो प्रमाण चाहिने हो र ?
...........................................................................................
तपाईको कमेन्ट
मुख्य समाचार
-
पायलले लगाइन् कश्यपमाथि आरोप
बुधबार, ०७ असोज २०७७ -
‘मनोबल दह्रो हुने सन्देश दिनुपर्यो’
बुधबार, २४ भदौ २०७७ -
कस्ता मास्क कसरी लगाउने ?
आइतबार, २१ भदौ २०७७ -
‘आफ्नै भाका ल्याउन मन छ’
आइतबार, १४ भदौ २०७७