र्‍याम्पमा विविध वेशभूषा

writer

सम्पूर्ण

आइतबार, ०५ माघ २०७६


गत शुक्रबार पोखरामा फेसन सो भएको थियो। सोमा १४ जना मोडलले हिमाल, पहाड, मधेशका विभिन्न जातजातिका वेशभूषामा र्‍याम्प वाक गरेका थिए। कल्चरल सिक्वेन्समार्फत उनीहरूलाई आर्कषक बनाउन सघाएकी थिइन्, जसु गुरुङले। उनले स्टार स्टुडियो न्युरोड पोखरामा रहेका कल्चरल वेशभूषा उपलब्ध गराएकी थिइन्।

१४ जना मोडललाई फरक–फरक ड्रेसअपमा देख्दा दर्शक उत्साहित भएका थिए। र्‍याम्पमा श्रेया महर्जन, सनम गर्बुजा, सन्ध्या गुरुङ, सोनु खत्री, रजिना सुवेदी, उषा पुन, सिम्रन क्षत्री, सानिया पुन, मोनिला नेपाली, रोश्नी ढकाल, सुस्मिता गौचन, साधना शर्मा, स्मिता सुनार र स्मृति सेन्चुरी उत्रिएका थिए। दोस्रो सिक्वेन्स इभिनिङ गाउनको थियो। इभिनिङ गाउनमा उनीहरूलाई सुन्दर देखाउन डिजाइनर सिर्जना श्रेष्ठले मेहनत गरेकी थिइन्। मोडलहरू इभिनिङ गाउनमा आकर्षक देखिएका थिए। 

कार्यक्रमको आयोजना पोखरा उद्योग वाणिज्य संघले गरेको थियो। एसटी क्रिएसनको व्यस्थापनमा भएको फेसन सोमा सुस्मिता पुन मगरको कोरियोग्राफी थियो। कार्यक्रममा गायक सन्तोष बस्यालको सांस्कृतिक प्रस्तुति र बिजी डान्सको नृत्यले दर्शकलाई मनोरञ्जन दिएका थिए।

 

तपाईको कमेन्ट