संकटमा बार्सिलोना

writer

सम्पूर्ण

शनिबार, ०४ माघ २०७६


एउटा क्लब, जो घरेलु लिगको शीर्ष स्थानमा छ, जसले च्याम्पियन्स लिगमा समूह चरणका सबै खेल जितेको छ र प्री–क्वार्टर फाइलनमा पुगेको छ। त्यति मात्र होइन, त्यो क्लबसँग विश्वकै उत्कृष्ट खेलाडी कप्तान छन्। तैपनि, त्यो क्लब संकटमा छ ! सुन्दा विश्वास लाग्दैन। तर, यो सत्य हो। सफलताका सबै सूचक आफूसँग हुँदाहुँदै पनि संकटमा रहेको क्लब हो, स्पेनिस क्लब बार्सिलोना।

अंग्रेजी नयाँ वर्ष सन् २०२० सुरु भए पनि यतिबेला युरोपेली फुटबल सिजनको मध्यान्तर भएको छ। यो मध्यान्तरमा बार्सिलोनालाई संकट आइपरेको छ। क्लबको प्रदर्शन राम्रो हुँदाहुँदै पनि बार्सिलोनाले प्रशिक्षक परिवर्तन गरेको छ। उसले प्रशिक्षक परिवर्तन गर्नुको कारण हो, एउटा प्रतियोगिताको पराजय। जनवरी ९ मा भएको स्पेनिस सुपरकपको सेमिफाइनलमा एट्लेटिको मड्रिडसँग पराजय भोगेपछि बार्सिलोनाले प्रशिक्षक इर्नेस्टो भल्भेर्डेलाई बर्खास्त गरेको हो। भल्भेर्डेले बार्सिलोनालाई दुई पटक ला लिगा उपाधि जिताएका थिए। उनको स्थानमा रियल बेटिसका पूर्वप्रशिक्षक क्विक्यू सेटिनलाई ल्याइएको छ।

बार्सिलोनाले आफ्ना पूर्वखेलाडी जाभीलाई प्रशिक्षक बन्न प्रस्ताव गरे पनि उनले अस्वीकार गरेपछि सेटिनले यो अवसर पाएका हुन्। कतारी क्लबमा प्रशिक्षक रहेका जाभीसँग बार्सिलोनाको प्रशिक्षक बन्ने सपना छ। तर, भल्भेर्डेलाई सधैँ सम्मान गर्ने जाभीले उनलाई विस्थापन गरेर प्रशिक्षक बन्न चाहेनन् र तत्काल बार्सिलोना नफर्कने निर्णय गरे। 

भल्भेर्डे गए, जाभी आएनन्। पछि सेटिन आए। तत्कालका लागि एउटा संकट टर्‍यो, तर बार्सिलोनलाई अर्को संकट पनि छ। त्यो संकट हो, स्ट्राइकर लुइस सुआरेजको अनुपस्थिति।

बार्सिलोना स्पेनिस ला लिगाको शीर्ष स्थानमा रहे पनि रियल मड्रिडसँग अंक बराबर छ। ला लिगामा मात्र होइन, च्याम्पियन्स लिगमा पनि अबका खेल अझै महŒवपूर्ण छन्। तर, यी महŒवपूर्ण खेलका बेला सुआरेज टिममा नहुनुले उसको चिन्ता बढेको छ। घुँडाको शल्यक्रिया गर्न लागेका सुआरेजले बाँकी सिजन गुमाउने निश्चित छ। 

बार्सिलोनाको अर्को संकट हो, पैसा। क्लबको बजेटले अहिले नै सीमा नाघेको छ। नियामक निकायले तोकेको बजेट खर्च गरिसकेका कारण नयाँ खेलाडी अनुबन्ध गर्न उसले आफ्ना पुराना खेलाडी अर्काे क्लबलाई दिनुपर्ने बाध्यता छ। 

तपाईको कमेन्ट

मुख्य समाचार