‘आईसी रनवे’मा २० मोडल

writer

सम्पूर्ण

बिहिबार, १७ पुष २०७६


‘आईसी डिजाइनर रनवे’का लागि २० मोडल छानिएका छन् । गत शनिबार काठमाडौँ, दरबारमार्गस्थित म्याग्नम लाउन्जमा आयोजित अडिसनबाट यी मोडल छानिएका हुन् । अडिसनबाट छानिएका मोडल आगामी चैत ८ गते होटल ह्यात रिजेन्सीमा आयोजना हुने ‘आईसी डिजाइनर रनवे’ नामक फेसन सोमा ¥याम्पमा उत्रनेछन् । आईसी कलेजकी प्रबन्ध निर्देशक शैलजा अधिकारी, नेक्स्ट मोडल्स नेपालका सीईओ रवि धमला, व्यावसायिक फोटोग्राफर राजभाइ सुवाल, पूर्व मिस नेपाल उषा खड्गी, मोडल सिर्जना रेग्मी निर्णायक रहेको अडिसनमा १ सय १२ जना मोडलको सहभागिता रहेको थियो ।

भारतीय चर्चित कोरियोग्राफर अभिमन्यु सिंह तमोरले प्रशिक्षणसहित उनीहरूलाई ¥याम्पमा उतार्नेछन् । २३ मोडलको सहभागिता रहने फेसन सोको म्यानेजमेन्ट जिम्मेवारी नेक्स्ट मोडल्स नेपालले लिएको छ । सोमा मोडलहरूले ३४ डिजाइनरले तयार पारेका आकर्षक डिजाइनर पहिरन ¥याम्पमा प्रस्तुत गर्नेछन् । आईसी डिजाइनर रनवेको मुख्य उद्देश्य नेपाली फेसन डिजाइनरको प्रचार–प्रसार गर्दै उनीहरूले डिजाइन गरेका नेपाली पहिरनलाई अन्तर्राष्ट्रिय स्तरमा पु¥याउनु रहेको आयोजक आईसी कलेजकी प्रबन्ध निर्देशक अधिकारीले बताइन् । 
 

तपाईको कमेन्ट

छुटाउनु भयो कि