न्युटनको तेस्रो नियम

writer

सम्पूर्ण

बुधबार, ०९ पुष २०७६


शशी थरुर 

भारतीय प्रधानमन्त्री मोदीलाई नै अत्यावश्यक कागजात देखाउन मुश्किल छ भने राष्ट्रिय नागरिक पञ्जी (एनआरसी) का नाममा सीमान्तकृत र ग्रामीण जनताले कागजात देखाऊन् भनेर भारतीय सरकारले कसरी अपेक्षा गर्न सक्छ ?  

मिशी 

भारतीय जनताले भत्ता लिने बेलामा कागजात देखाए, प्रधानमन्त्री आवास लिनका लागि कागजात देखाए, सित्तैमा ग्यासको सिलिन्डर लिन कागजात देखाए, आयुष्मान भारत कार्डका लागि कागजात देखाए । तर, राष्ट्रिय सुरक्षाका लागि चाहिँ कागजात देखाउनुपर्दैन ? घुसपैठियाहरूको संख्या बढाउने ? 
...........................................................................................

संबित पात्रा 

नागरिकता संशोधन विधेयक (सीएए) बारे लालु यादवजीको पार्टीको ज्ञान उदेकलाग्दो छ । उनका कार्यकर्तालाई सीएए के हो, यसले के हानि गर्छ ? भनी पत्रकारले सोध्दा उनले जवाफ दिए– ‘सीएए काननुले लसुनको मूल्य २० रुपैयाँबाट बढाएर दुई सय रुपैयाँ पुर्‍याउँछ !’ यस्तै मान्छेलाई उक्साएर, भ्रम फैलाएर, उनीहरूबाट आगजनी गराइँदै छ । 

काफील अहमद 

तपाईंले पनि त कुनै बेला ‘ट्रिलियन’मा कति वटा जिरो हुन्छ भन्ने बताउन सक्नुभएको थिएन । गरिब किसानको मजाक उडाउन तपाईंलाई लाज लाग्नुपर्ने हो । 
........................................................................................... 

राहुल गान्धी

सीएए र एनआरसी फासीवादीहरूले जनसमुदायको ध्रुवीकरण गर्न चलाएका हतियार हुन् । यी घिनलाग्दा हतियारविरुद्ध भारतीय जनताले शान्तिपूर्ण सत्याग्रह गर्नुपर्छ, हिंसात्मक आन्दोलन होइन । 

चौकीदार राजेश सिंह

नागरिकता संशोधन विधेयक त ट्राई बल थियो । त्यसमै तपाईंहरू आउट हुनुभयो । अझै एनआरसी, समान नागरिक संहिता, जनसंख्या नियन्त्रण कानुन नामक बाउन्सर आउन बाँकी छन् । त्यतिबेला तपाईंहरूको के हालत होला ? 
........................................................................................... 

अमित शाह

हामीले त उहिलेदेखि भनिरहेका थियौँ– धारा ३७० खारेज गर्छौं, राम मन्दिर बनाउँछौँ, ट्रिपल तलाक हुनु हुँदैन, सीएए र एनआरसी आउनुपर्छ । भाजपा सरकार चलाउन मात्र आएको हैन, देशको समस्या समाधान गर्न आएको हो । थोरै समस्या छ । तर, हल गर्ने साहस हामीसँग छ । 

एमडी उस्मान (पठान)

देशमा डढेलो दन्किरहेको छ । यो मान्छेलाई समस्या ‘थोरै’ लागिरहेको छ । 
...........................................................................................

तपाईको कमेन्ट

मुख्य समाचार