न्युटनको तेस्रो नियम

writer

सम्पूर्ण

शुक्रबार, ०४ पुष २०७६


नयनराज पाण्डे 
देश रियालिटी सोबाट नेता छान्न हुन्छ या हुन्न भन्ने यो शताब्दीकै महान् राष्ट्रवादी चिन्तनमा व्यस्त भएको बेला मलाई चाहिँ किन यतिविधि निद्रा लागेको ? के मलाई देशको माया छैन ? 

नेपाल फोक्स
संविधानअनुसार नेता छान्ने चुनावबाट मात्र हो । बाँकी जहाँ जसले जसलाई नेता छाने पनि भयो । नेता भन्ने शब्द नै नेपालमा तिरस्कृत छ । 
........................................................................................... 

सञ्जीव
गीतसंगीत, पकवान, अन्य विभिन्न प्रकारका सीप वा सेलिब्रिटी स्ट्याटसमा आधारित रियालिटी सोहरू आजभोलि बग्रेल्ती छन् । तिनमा मानिसको रुचि छ । टेलिभिजनको व्यापार तिनमा टिकेको छ । तर, राजनीतिक नेतृत्व चयन गर्न बनाउन लागिएको रियालिटी सो भने यी सबैभन्दा पृथक् प्रकृतिको पागलपन हो । 

नवीन कार्की थापा
सो आउन त दिऊँ । के थाहा, यसले साँच्चीकै भविष्यको नेता निकाल्छ कि ? सकारात्मक पाटो हेर्न पनि सक्नुपर्‍यो । निराशावादी मानसिकता नराखौँ । 
........................................................................................... 

मुमाराम खनाल 
पहिले मौजुदा ‘संकट’ खोज्ने र त्यसले नपुगे थप ‘संकट’ उत्पादन गर्ने, त्यही ‘संकट’को गलत समाधान खोज्ने र दशकौँ उही ‘संकट’लाई बचाइराख्ने, अनि आफैँले उत्पादन गरेको ‘संकट’को समाधान गर्छु भन्दै राजनीति गर्ने । बाफरे, कस्तो कठिन राजनीति आयो, गाँठे ! 

ल्याप्चे 
जस्तैः नेपालको गरिबी ! 
........................................................................................... 

खगेन्द्र संग्रौला 
पहिले राजाहरू नामी हुन प्रजालाई राज्यको कोष थुतेर बक्सिस बाँड्थे । अहिले नामी हुन क्रीडाकर्मीलाई करिबन राजा ओलीले नगद बक्सिस बाँडे । क्रीडाकर्मीका लागि राम्रो क्रीडाभूमि, राम्रो प्रशिक्षक र राम्रो प्रशिक्षण– हुनुपर्ने दिगो र उपयोगी काम त यी पो थिए । राजाको बुद्धि भए पो ! 

खुबीश्री
क्रीडाभूमि पनि नहुनु, बक्सिस पनि नपाउनुभन्दा त बक्सिस मात्रै हात परेको पनि बिसेकै मान्न मिल्दैन र ? 
...........................................................................................

तपाईको कमेन्ट

मुख्य समाचार