सुमीको फ्लप एक्सन

writer

सम्पूर्ण

शुक्रबार, २० मङि्सर २०७६


सुमी मोक्तान इमेज आइटम गर्लका रूपमा थियो। केही फिल्ममा उनले आइटम गीतमा नाचेकी थिइन्। उनलाई बन्नु थियो, पूर्ण हिरोइन। तर, कुनै निर्माता÷ निर्देशकले पत्याएनन्। अरूले नपत्याएपछि सुमी आफैँ मैदानमा ओर्लिन्। छायांकार हरी हुमागाईंले उनलाई साथ दिए।

दुवै मिलेर ‘सरौतो’ बनाए। हिरोइनहरू आजभोलि आफ्नो मुख्य भूमिका भएको फिल्ममा एक्सन गर्न रुचाउँछन्। नम्रता श्रेष्ठ ताजा उदाहरण हुन्। उनले पनि सुमीले झैँ आफैँ निर्माता बन्दै ‘जाइरा’मा एक्सन गर्ने प्रयास गरेकी थिइन्। तर, उनको किकमा दर्शकले कुनै दम देखेनन्।

शुक्रबार रिलिज भएको सुमीको ‘सरौतो’ले पनि यही इतिहास दोहोर्‍याएको छ। फिल्मभरि सुमीले राम्रै स्टन्ट गरेकी छिन्, तर उनको स्टन्ट हेर्ने चासो दर्शकले फिटिक्कै देखाएनन्। सुमीको एक्सन फ्लप भएको छ। दर्शक आजभोलि मारधाड होइन, कथा र मीठो प्रस्तुति भएका फिल्म हेर्न जान्छन्। सुमीले अब चाहिँ बुझिन् कि ?

तपाईको कमेन्ट