मार्टिन आइसक्रिमको आउटलेट

writer

सुमित सुवेदी

आइतबार, १५ मङि्सर २०७६


आइसक्रिमको नाम सुन्नेबित्तिकै धेरैको मुख रसाउँछ। गर्मीमा चिसो आइसक्रिमको माग बढे पनि जाडो याममा आइसक्रिम खानेको कमी छैन। आइसक्रिमप्रेमीका लागि शक्ति फुड प्रोडक्टले मार्टिन आइसक्रिमको पहिलो आउटलेट खोलेको छ। काठमाडौँ, जमलमा कम्पनीले आफ्नो फ्रेन्चाइज सञ्चालन गरेको हो। करिब सात वर्षअघि सञ्चालनमा आएको शक्ति फुड्सले एयूएस स्कुप एन्ड स्माइल कम्पनीलाई फ्रेन्चाइज दिएको छ। 

शक्ति फुड्सले स्विस टेक्नोलोजीबाट आइसक्रिम उत्पादन गर्दै आएको छ। यहाँ उत्पादन हुने आइसक्रिम गुणस्तरीय हुने शक्ति फुड्सका कार्यकारी निर्देशक प्रकाश महर्जनले बताए। ‘हामीले अन्तर्राष्ट्रिय प्रविधि प्रयोग गरेर आइसक्रिम उत्पादन गर्दै आएका छौँ,’ उनले भने, ‘यसको गुणस्तर पनि अन्तर्राष्ट्रिय स्तरको रहेको छ।’ 

कम्पनीले नेपालभर यसको फ्रेन्चाइजका लागि आह्वान गरेको छ। कम लगानीमा बढी नाफा कमाउन सकिने भएकाले यसमा निर्धक्कसँग लगानी गर्न सकिने महर्जनले बताए। ‘पहिलो १० वटा फ्रेन्चाइजको सबै सेटअप हामी गरिदिन्छौँ,’ उनले भने, ‘फ्रेन्चाइज फी पनि निःशुल्क छ।’ नेपालमा रोजगारी नपाएर विदेशिने युवाका लागि यो राम्रो अवसर भएको उनले बताए। ‘देशमा रोजगारी छैन भनेर नेपाली युवा विदेशिने गरेका छन्,’ उनले भने, ‘देशमै केही काम गर्न चाहने युवालाई हामी प्रोत्साहित गर्नेछौँ।’ 

आइसक्रिम आउटलेटमा ग्राहकले विभिन्न स्वादका आइसक्रिम खान पाउने महर्जनले बताए। ‘जमलको आउटलेटमा आइसक्रिम मात्र बिक्री हुनेछ,’ उनले भने, ‘त्यहाँबाट ग्राहकले राम्रो र गुणस्तरीय आइसक्रिम खरिद गर्न पाउनेछन्।’ होम डेलिभरीको व्यवस्था पनि रहेको उनले बताए। 

तपाईको कमेन्ट

मुख्य समाचार