जाडोमा उपयोगी भ्यासलिन

writer

सम्पूर्ण

शनिबार, १४ मङि्सर २०७६


जाडोमा अनुहार, हातगोडा र ओठका लागि धेरैले भ्यासलिन प्रयोग गर्छन्। भ्यासलिनबाट हुने फाइदाः 


  • कतिपयलाई कपालमा जुम्रा पर्ने समस्याले सताइरहेको हुन्छ। कपालमा जुम्रा पर्दा टाउकोमा भ्यासलिन लगाउनुपर्छ। केही बेरपछि कपाल पखाल्नुपर्छ। एक पटक मात्र कपाल पखाल्दा भ्यासलिन राम्ररी पखालिँदैन। त्यसैले राम्ररी सफा हुने गरी पखाल्नुपर्छ।
  • सुक्खा छालामा भ्यासलिन प्रयोग गर्दा छाला चिल्लो बन्छ। 
  • खाना पकाउँदा अथवा अरू केही काम गर्दा छाला पोलियो भने त्यस ठाउँमा भ्यासलिन लगाउनुपर्छ। यसले जलन काम गर्छ।
  • आँखीभौँ र परेला बाक्ला देखाउन पनि भ्यासलिनले मद्दत गर्छ। राति सुत्नुअघि आँखीभौँ र परेलामा भ्यासलिन लगाउनुपर्छ।
  • कुर्कुच्चा फाटेकाहरूले राति सुत्नुअघि भ्यासलिन लगाउनुपर्छ। यसो गर्दा कुर्कुच्चा फुटेको निको हुन्छ। 
  • भ्यासलिनले नङलाई बलियो बनाउँछ। नङ नबढ्ने समस्या भएकाले दिनहुँ भ्यासलिन दले नङ बढ्छ।

तपाईको कमेन्ट

पपुलर पोस्ट