न्युटनको तेस्रो नियम

writer

सम्पूर्ण

शुक्रबार, १३ मङि्सर २०७६


सरिता तिवारी 
युद्ध र आन्दोलनको नेतृत्व गरेको हिजोको ‘बाघ’ क्रान्तिकारी आज छोरीबुहारी र आसेपासे ठेकेदार, बिचौलियाको भरमा अडिएर राजनीतिको पसल थाप्न, गिडगिडाउन अभिशप्त छ । कुनै बेला ‘हिरो’ मानेको सुप्रिमो कमरेडको यो अभिशप्तता देखेर माया लाग्ने हेर्नुस् । 

मुराहरि केसी 
बाघ बूढो भएको महसुस भए पनि घाँसै खायो भन्न नमिल्ला कि ? 
........................................................................................... 

खगेन्द्र संग्रौला 
यो दलालको सेवा गर्ने दलाल सरकार हो भन्थे, घनश्याम भुसाल । आफैँ अति केन्द्रीकृत, संकुचित र असहिष्णु ओली सरकारका मन्त्री भएछन् । भनेसि अब ओलीतन्त्रभित्रैबाट वैचारिक र सांस्कृतिक कायापलट हुने भो, होइन त कमरेड ? अब भिटेनले जमाएर भन्लान्– लास्टमा हामी माकः फुइँ त हो ब्रो !  

प्रश्न 
काम गरेर देखाउँछु भनेर गएका पनि त हुन सक्छन् । 
........................................................................................... 

गनी अन्सारी 
नेपाल यस्तो देश हो, जहाँ अर्बौँ रुपैयाँ नाफा कमाउने कम्पनीले अर्बमै छुट पाउँछन् भने किसानले चौपाया किनबेच गर्दा पनि स्थानीय सरकारलाई कर तिर्नुपर्छ । 

मगर मिजा
अनि, सर्वहाराको गफ चुट्दै, देश लुट्दै !
........................................................................................... 

एनके श्रेष्ठ प्रकाश
भारतले नेपालको सीमा मिचेर बनाएको नक्साका बारेमा प्रम ओलीमाथि आरोपित गर्दै पूर्वप्रम देउवाले पोखरामा बोलेको कुराको जति निन्दा र भत्र्सना गरे पनि कम हुन्छ । तात्कालिक तुच्छ स्वार्थ (चुनाव) का लागि राष्ट्रियताजस्तो संवेदनशील विषयमा यसरी जथाभावी बोल्नु घातक र अक्षम्य छ । अझै चेतेनन् । 

आत्माराम कोइराला 
शेरबहादुर देउवाले भन्नुभएछ, भारतले हालै सार्वजनिक गरेको नक्सा केपी ओलीको सहमतिमा भएको हो । देउवाले सस्तो लोकप्रियताको निम्ति बोल्नुभएको हो भने उहाँले गलत गर्नुभएको छ र तुरुन्त आफ्नो अभिव्यक्ति फिर्ता लिनुपर्छ । देउवाको कुरा सत्य हो भने ओली प्रधानमन्त्रीको कुर्सीमा बस्न योग्य हुनुहुन्न । 

तपाईको कमेन्ट

मुख्य समाचार