न्युटनको तेस्रो नियम

writer

सम्पूर्ण

आइतबार, ०८ मङि्सर २०७६


समीर एम दीक्षित, पीएचडी 
आलमको पक्षमा लडिरहेका न्यायकर्मीलाई दोष दिन मिल्दनै, जसरी कुनै चिकित्सकलाई अपराधीको उपचार गरेकोमा दोष दिन मिल्दैन । पेशा यही हो, गर्नैपर्छ, कारण जे भए पनि । दोष दिनैपर्छ भने प्रमाण र साक्षीलाई असर गराउने संयन्त्रलाई खोजौँ, जसले दिन प्रतिदिन मुद्दालाई कमजोर बनाउने प्रयास गर्दै छ । 

केदार शर्मा 
एउटा कुरा विचार गर्नुस् त, प्रायः मुद्दाको गलत वा अपराधी पक्ष पनि हुन्छ, तर बिरामीको पक्ष–विपक्ष हुँदैन । यी दुइटा बिल्कुलै अमिल्दा कुरा हुन् । जीवनरक्षासित कानुनी उपचार नदाँजौँ ।


लेनिन बञ्जाडे 
वकिलले लड्ने मुद्दालाई लिएर व्यक्तिगत मानमर्दन र गाली गरेको देख्छु । तर्क देख्दा लाग्छ– वकिलहरूले मुद्दा लडेर पाप गरेका छन् । हरेक अभियुक्तलाई न्यायिक उपचारको अधिकार हुन्छ । त्यो अधिकारका लागि वकिलहरूले पैरवी गर्छन् । यो उनीहरूको धर्म हो । फैसला अदालतले गर्ने हो, वकिल वा हामीले होइन । 

दामोदर तिम्सिना 
होइन भनेर कसरी पत्याउनु ? हिजोआज बहस गर्न पनि पत्रकार र पत्रिकाका कार्यालयमा निवेदन दिएर, अनुमति लिएर मात्र जानुपर्नेजस्तो भो । 


बाबुराम भट्टराई 
प्रमले बोलाएको सर्वदलीय बैठकमा उच्च स्तरीय राजनीतिक आयोग बनाएर र दरो प्रमाण जुटाएर भारतसँगको सीमा विवादलाई सधैँका निम्ति समाधान गर्ने सुझाव दिइयो । 

डोलु आलेमगर 
अब यूएनमा जाऔँ, सिमानामा सेना राखौँ, खुला सिमाना बन्द गरौँ, निर्बाध आवतजावत बन्द गरौँ, गोर्खा भर्ती बन्द गरौँ, भारतीय सामान कम प्रयोग गरौँ, १८ वर्ष उमेर पुगेकालाई २६ वर्षभित्र अनिवार्य कम्तीमा तीनमहिने सैन्य तालिम दिऔँ । 


किरण (किरण) 
आलमको पक्षमा आठ जना वकिल । गहन प्रश्नः वकिलहरूलाई ‘फी’ ठूलो कि ‘मानवता’ भनेर सोध्यो भने के उत्तर आउला ? अपराधीलाई ‘तर्क’को सेटिङ मिलाएर सजायबाट छूट दिने हो भने अब स्कुल, कलेज बन्द गरेर गुण्डा–डन तालिम केन्द्र खोले हुन्छ । पैसा र पावरभन्दा मानवता ठूलो भन्ने चेत कहिले आउला वकिलहरूमा ? 

जोकर
वकिलको त पेशा नै त्यही हो, वकालत । डाक्टरले अपराधी भएको कारण उपचार गर्दिनँ भन्न मिल्यो र ? 



 

तपाईको कमेन्ट

मुख्य समाचार