‘गोल्डेन आइज’मा ठेट नेवार स्वाद

writer

मनोज नेपाल

बुधबार, ०४ मङि्सर २०७६


काठमाडौँ, बौद्धमा रहेको छ, द गोल्डेन आइज रेस्टुरेन्ट एन्ड क्याफे। सञ्चालक रघु चौधरी ग्राहकको सेवा र सन्तुष्टिमा जोड दिन्छन्। ‘ग्राहकलाई हाइजेनिक खाना खुवाउँछौँ,’ उनी भन्छन्, ‘ग्राहकको सेवा र सन्तुष्टि नै हाम्रो मुख्य उद्देश्य हो।’ १० वर्ष होटल–रेस्टुरेन्ट क्षेत्रमा काम गरेको अनुभव सँगालेका छन्, चौधरीले। यसअघि उनले होटल ह्यातमा काम गरेका थिए। त्यहीँ काम गरेको अनुभवका आधारमा रेस्टुरेन्ट चलाउन सक्षम भएको उनी बताउँछन्। भक्तपुरको पाँचतले मन्दिरपछाडि रेस्टुरेन्टको शाखा रहेको छ।

ग्राहकलाई घरमै बनेको खानाको स्वाद पस्कने गरेको उनी सुनाउँछन्। सुपथ मूल्यमा रेस्टुरेन्टमा खाना–खाजा खान पाइन्छ। ‘हाम्रा ग्राहकले चर्को मूल्य तिर्न नपरोस् भन्ने कुरामा सचेत छौँ,’ उनी भन्छन्, ‘सुपथ मूल्यमा ग्राहकले विभिन्न परिकारको स्वाद चाख्न पाउँछन्।’ रेस्टुरेन्टको भक्तपुर शाखाका म्यानेजर शिव घिमिरे ग्राहकलाई शुद्ध र ताजा खाना खुवाउने बताउँछन्। 

चार महिनाअगाडि भक्तपुरमा सञ्चालनमा आएकोे रेस्टुरेन्टको शाखाले ग्राहकको मन जितिरहेको घिमिरे सुनाउँछन्। स्पेसल गोल्डेन आई पास्ता धेरै ग्राहकले मन पराएको उनी बताउँछन्। झापाबाट ल्याएको अकबरे खुर्सानीको अकबरे चिल्ली, तारेको बँदेलको मासुका विभिन्न आइटमका साथमा एभोकाडो सलादको स्वाद धेरैले मन पराएको घिमिरे बताउँछन्। 

रेस्टुरेन्ट नेवार परिकारका लागि प्रख्यात छ । ठेट नेवार परिकार यहाँ खान पाइन्छ। जसमा चिउरा, भटमास, बारासँगै तारेको माछा, छोइला, आलु–तामा, साँधेको बोडी, तोरीको साग हुने म्यानेजर घिमिरे बताउँछन्। 
यहाँको भेज मःमः धेरैलाई मन पर्छ। फाइलेट्टो गोल्डेन आई र पोर्क चप यहाँको मेन कोर्स हो। चाइनिज डिसमा सिजवान, चिकेन विद काजु नट, क्यान्टोनिज भेजिटेबल आदि पनि रेस्टुरेन्टमा खान पाइने घिमिरे बताउँछन्। ग्रिल ट्राउट, ग्रिल फिसको साथमा साल्मन रोमानोको स्वादमा कस्टमर रमाउन सक्छन्। ड्रिंक्समा सिग्नेचर ककटेल, कुमारी ककटेलको साथमा कम्प्लिमेन्ट्री पापड, पिनट्स, चिकेन चिल्लीसमेत हुने उनी बताउँछन्। 

रेस्टुरेन्टमा बढीजसो विदेशी पर्यटक आउने गरेका छन् । त्यस्तै, नेपलाी युवा, जोडी र परिवारसहित पनि रेस्टुरेन्टमा आउने गरेका छन्। रेस्टुरेन्टमा होम डेलिभरीको पनि व्यवस्था छ । परिवारसहित आउनेलाई १० देखि १५ प्रतिशतसम्म छुट हुने व्यवस्था मिलाइएको छ। रुफ टपबाट पाँचतले मन्दिर हेर्न सकिन्छ। सय जनाभन्दा धेरैको जमघट गर्न सकिने रेस्टुरेन्टमा बर्थडे पार्टी पनि आयोजना गर्न सकिन्छ।

तपाईको कमेन्ट

मुख्य समाचार