देउसीको पैसा असहायलाई

writer

सम्पूर्ण

शनिबार, १५ मङि्सर २०७५


धरान : तिहारमा देउसी–भैलो र नाचगान गरेर संकलन गरेको पैसाले पिकनिक जाने वा व्यक्तिगत काममा खर्च गर्नेहरू त धेरै हुन्छन्। धरानको हाम्रो डान्स सेन्टरले भने तिहारमा त्यसरी संकलन भएकोमध्ये केही रकम असहायलाई सहयोग गर्दै आएको छ।

हरेक वर्ष बालआश्रम, वृद्धाश्रम, असहायलाई केही सहयोग गर्दै आएको सेन्टरले यस पटक वैदेशिक रोजगारीका क्रममा दुर्घटनामा परेर मस्तिष्कको हड्डी फुटेका धरान २०का तीर्थमान तामाङलाई १० हजार सहयोग गर्यो। आफूले मात्र होइन अन्यत्रबाट पनि उनका लागि सहयोग संकलन गरिरहेको सेन्टरका निर्देशक दिवस श्रेष्ठले बताए। 
 

तपाईको कमेन्ट