प्रदीपको गुप्तवास

writer

सम्पूर्ण

बिहिबार, २८ कार्तिक २०७६


प्रदीप खड्का लामो समयदेखि ‘प्रेमगीत ३’ को तयारी गरिरहेका छन्। कहिले घोडा चढ्ने त कहिले जिममा पसिना बगाउने गरिरहेका छन्। कुनै यस्तो कुरा छैन, जुन मिडियामा नआएको होस्। तर, जब प्रदीपलाई सार्वजनिक कार्यक्रममा आउने निम्तो हुन्छ, उनले ‘प्रेमगीत’को लुक्स बाहिर निस्किने बताउँदै सार्वजनिक कार्यक्रममा हिँड्न ठ्याम्मै बन्द गरिदिएका छन्। वीरगञ्जमा भएको स्वर्णिम महोत्सव पनि उनले यही बहानामा टारेका थिए। 

तर, लुक्स लुकाउने भने पनि प्रदीपले त्यो वचन कायम गर्न भने सकेका छैनन्। मुहूर्त भएको फोटो नै समाचारका लागि निर्माण टिम आफैँले पठाएपछि लुक्स बाहिरिने बहाना बहानाभन्दा पर केही थिएन भन्ने स्पष्ट हुन्छ। बाहिर जति जे भने पनि ‘प्रेमगीत ३’ ले आफूहरूको मिडिया क्रेज लुकाउन सकेको छैन। प्रदीपले पनि सकेका छैनन्। त्यसैले उनको बहाना हाजमोलाले पनि पचाउन नसक्ने भइसकेको छ। उनले नानाथरी गफ दिनुअघि यसो दायाँबायाँका समाचार पनि हेरे हुने ! 

तपाईको कमेन्ट

पपुलर पोस्ट