चुम्बन अस्वीकार

writer

सम्पूर्ण

बिहिबार, ३० असोज २०७६


प्रियंका चोपडा
अभिनेत्री प्रियंका चोपडाले फिल्म ‘सात खून माफ’ मा सँगै काम गरेका अभिनेता अनु कपुरसँग किस सिन वा कुनै पनि अन्तरंग सिन गर्न मानिनन् । उमेरमा आफूभन्दा निकै जेठा अभिनेतासँग किस गर्न नसक्ने उनले बताएकी थिइन् । प्रियंका र अनुबीच २६ वर्षको उमेर अन्तर थियो ।

रणवीर कपुर
एकताका प्रेम सम्बन्धमा थिए, अभिनेता रणवीर कपुर र अभिनेत्री कट्रिना कैफ । बलिउडका ‘क्युट कपल’ मा गनिन्थे, उनीहरू । छसात वर्ष प्रेममा रहेका उनीहरू पछि छुट्टिएका थिए । ब्रेकअपपछि उनीहरू फिल्म ‘जग्गा जासुस’ मा सँगै देखिएका थिए । तर, सुटिङ गर्ने क्रममा रणवीरले कट्रिनासँग किस सिन गर्न मानेनन् ।

टाइगर श्रोफ
बलिउडमा ‘एक्सन स्टार’ भनेर चिनिने अभिनेता टाइगर श्रोफले पनि आफ्नो सम्झौता पत्रमा ‘नो किसिङ सिन’ को शर्त राखेका छन् । बलिउडमा पाँच फिल्ममा काम गरिसकेपछि उनले सो शर्त राखेका हुन् । टाइगर अभिनेत्री दिशा पटानीसँग प्रेम सम्बन्धमा छन् । अफेयर चलेपछि उनले यो शर्त राखेको बलिउडकर्मीको भनाइ छ ।

सलमान खान
बलिउडका ‘भाइजान’ सलमान खानले कहिल्यै पनि क्यामराका अगाडि किस सिन नगर्ने नियम बनाएका छन् । उनले नियम पालना पनि गर्दै आएका छन् । एक कार्यक्रममा दर्शकले उनलाई ‘तपाईं किन फिल्ममा किस सिन गर्नुहुन्न ?’ भन्ने प्रश्न गर्दा सलमानले ‘अरूले किस गरेको किन हेर्न चाहनुहुन्छ, आफैँ आफ्नै मायालुलाई किस गर्नुस् न’ भनेर जवाफ दिएका थिए ।

करिना कपुर
बिहेअघि अभिनेत्री करिना कपुरले फिल्ममा थुप्रै स्टारसँग किस सिन दिएकी थिइन् । तर, बिहेपछि उनले अनस्क्रिन किस नगर्ने शर्त राखेकी थिइन् । उनको यस कदमले धेरैलाई छक्क बनाएको थियो । तर, सन् २०१६ मा रिलिज फिल्म ‘की एन्ड का’ मा करिनाले आफैँ सो नियम तोडेकी थिइन् । फिल्ममा उनले अभिनेता अर्जुन कपुरसँग किस सिन दिएकी थिइन् ।

फवाद खान
पाकिस्तानी अभिनेता फवाद खानले ‘खुबसूरत’, ‘कपुर एन्ड सन्स’, ‘ए दिल है मुश्किल’ लगायत हिन्दी फिल्ममा काम गरेका छन् । फिल्म ‘कपुर एन्ड सन्स’ मा उनले सँगै काम गरेकी अभिनेत्री आलिया भट्टलाई अनस्क्रिन किस गर्न मानेनन् । उनको भावनाको सम्मान गर्दै निर्देशकले फिल्ममा चिट किस सिन राखे ।

तपाईको कमेन्ट

मुख्य समाचार


पपुलर पोस्ट


छुटाउनु भयो कि