सुरेश ढकालको वालबाट

writer

सम्पूर्ण

बिहिबार, ३० असोज २०७६


सामान्य ज्ञान भएका हामी सामान्य जनका लागि राष्ट्रपति सीको भ्रमण सामान्यतया सफल रह्यो। जे जति कुरामा सहमति भयो, सतहमा उपलब्धिमूलक नै देखिन्छ। तर, कुरोको चुरो के भने नेपालको विकास नेपालीकै मति र गतिअनुसार हुने हो। स्रोतको अभावले विकास नभएको पटक्कै होइन। 
०००

परराष्ट्र मन्त्रालयमा समेत चिनियाँ भाषा जान्ने दोभाषे छैनन् भन्दै थिए समाचार। तर, ‘आज तक’का एक पत्रकार माइतीघर मण्डलतिर स्वागतार्थ उभिएका नेपाली कर्मचारीहरूसँग हिन्दीमा कुरा गर्दै थिइन्, नेपाली कर्मचारी हिन्दीमा जवाफ दिँदै थिए। तर, चीनसँग अझै नजिक हुन बाँकी नै रहेछ क्यारे ! 
०००

बहुदलीय प्रतिस्पर्धात्मक लोकतान्त्रिक पुँजीवादी पद्धतिमार्फत समाजवादमा पुग्न रहर गर्ने नेपाल (कम्तीमा पनि वर्तमान सरकार सञ्चालन गर्ने दलको कुरा) र समाजवादी बाटो हुँदै पुँजीवाद पुगेको चिनियाँ सम्बन्ध मूलतः बजार (हरू) को कुरो हो। माया, दया, सद्भाव, सहयोग त अपेक्षित कुरा मात्र हुन्।
०००

‘ठूला घरका ठूलै चाला’– हामी देउसीभैलो भट्याउँदा भन्थ्यौँ। चीन ‘विशाल’ अर्थात् ठूलो मुलुक हो। आकार र अर्थतन्त्रका हिसाबले त हात्ती नै हो। स्वागत–सत्कार प्रशंसनीय छ। हाम्रो परम्परा र राज्यको कर्तव्य पनि। तर, कतै हाम्रा पुर्खाले भन्ने गरेको ‘हात्ती आयो, हात्ती आयो...’ भनेजस्तो नहोस्। 
०००

‘जनयुद्ध’को समर्थन वा विरोध होलान्, तर तिनका आधार अरू नै छन्। गणतन्त्रप्रति सहमति वा विमति होलान्, तिनका पनि आधार अलग छन्। तर, ‘महरा काण्ड’लाई आधार बनाएर ‘जनयुद्ध’ र गणतन्त्रको उछित्तो काढ्नुको कुनै तुक छैन। हो, सरकार जवाफदेहिताबाट चुक्यो भने बाँकी सब ‘भाड में जाए’ हुने हो। 
०००

परिवार बिर्सेर घर बनाउने कुरा, छिमेकी बिर्सेर टोल सुधार्ने कुरा, कर्मचारी बिर्सेर कार्यालय बनाउने कुरा, शिक्षक–विद्यार्थी बिर्सेर विश्वविद्यालय सुधार्ने कुरा, जनता बिर्सेर देश बनाउने कुरा, अनि ट्रम्प र मोदी मिलेर विश्वशान्ति र सहिष्णुताको कुरा ! आजकलको पेशा, आजकलको कुरा ! 
०००

लगानी र प्रविधि हस्तान्तरण आवश्यक छ। हो, छ। तर, सात दशक भो, पश्चिमाले हामीलाई यो भन्न सिकाएको र हामीले भनिरहेको। अब कति वर्षसम्म यही भनिरहने र हामीले यो हबिगत बेहोरिरहने ? प्रश्नभन्दा पनि जिज्ञासा !
०००

कन्फेसन भन्न सक्नुहुन्छ तपाईं या मेरो मूर्खता ! म यो त्रिविवि कसरी राम्रो बनाउने÷बन्न सक्छ ? कस्तो नेतृत्व चाहिन्छ ? विश्वविद्यालयको नेतृत्व छान्ने कसरी ? कसरी त्रिविवि उत्कृष्ट विश्वविद्यालय बन्न सक्छ वा के भएर त्रिविवि यस्तो बन्यो ? भन्ने महŒवपूर्ण विषयमा लेखिएका लेखहरू पढ्ने गर्दिनँ। 
०००

९२ देशका १४ सय विश्वविद्यालयहरूको र्‍याङ्किङमा त्रिभुवन विश्वविद्यालयभन्दा पछि पनि ३६ विश्वविद्यालय रहेछन्। खुशीको कुरो, हामी अझै पुछारमा पुगिसकेका छैनौँ तर प्रयास जारी छ भन्ने बुझिन्छ। बाँकी त हामी सबै बुझक्कड नै हौँ केरे, के भन्नुपर्ला र ? 
०००
 

तपाईको कमेन्ट

छुटाउनु भयो कि