‘हिरो बन्न चाहन्छु’

writer

सम्पूर्ण

सोमबार, २७ असोज २०७६


सुबह आचार्य, मोडल

सानैदेखि रुचि भएकाले १६ वर्षको उमेरदेखि नै मोडलिङमा लागेँ। मोडलिङसम्बन्धी व्यावसायिक तालिम लिएँ। दुई दर्जनभन्दा बढी र्‍याम्प सोमा भाग लिइसकेको छु। र्‍याम्प सोमा भाग लिँदै गएपछि आत्मविश्वास बढ्दै गयो। मोडलिङले मलाई झन्–झन् तान्यो। ‘यसै क्षेत्रमा केही गर्छु’ भन्ने लाग्यो। मोडलिङ प्रतियोगितामा भाग लिएँ। ‘मोडल अफ द इयर २०१२’ को उपाधि जितेँ। एपेक्स कलेजमा हुने विभिन्न फेसन सोमा कोरियोग्राफी गर्न थाले। केही वर्ष एपेक्स कलेजको ब्रान्ड एम्बेसडर पनि हुने मौका पाएँ। 

र्‍याम्प सोसँगै म्युजिक भिडियो, फेसन सुटमा पनि काम गरेको छु। केही समयअघिसम्म टेलिभिजनमा संगीतसम्बन्धी कार्यक्रम पनि चलाउँथेँ। अहिले पनि सौन्दर्य प्रतियोगितामा कार्यक्रम सञ्चालन गर्ने गर्छु। अभिनयमा पनि रुचि छ। रंगकर्मी सुनील पोखरेलसँग अभिनय सिकेको छु। २४ वर्षको भएँ। घरबाट पढाइ पूरा गर्न भनिएकाले बीबीए सकाएँ। भविष्यमा अभिनेता बन्ने लक्ष्य छ। हिरोका रूपमा पर्दामा देखिने मन छ। 

प्रस्तुतिः जयन सुब्बा मानन्धर 

तपाईको कमेन्ट

मुख्य समाचार


पपुलर पोस्ट


छुटाउनु भयो कि