महोगनीको मीठो झोल मःमः

मनोज नेपाल
बुधबार, १५ असोज २०७६
काठमाडौँ, मध्यबानेश्वरमा रहेको ‘महोगनी ग्रिल्स एन्ड बार’ सञ्चालनमा आएको दुई वर्ष भयो। धेरैको ‘लन्च स्टेसन’ बनेको छ, महोगनी। निरज अधिकारी रेस्टुरेन्टका सञ्चालक हुन्। अन्य दुई जना साथीसँग मिलेर उनले रेस्टुरेन्ट सञ्चालन गरिरहेका छन्।
घरमै बनाएको ताजा र स्वास्थ्यकर खाना रेस्टुरेन्टमा खान पाइन्छ। ‘ग्राहकलाई युनिक स्वाद र अनुभव दिन चाहन्छौँ,’ सञ्चालक अधिकारी भन्छन्, ‘त्यसकै लागि हरेक बुधवार र शुक्रबार स्वादिला परिकारसँगै लाइभ ब्यान्डसहित म्युजिकल सो राखेका छौँ।’
रेस्टुरेन्टले परिकार बनाउन गुणस्तरीय सामान प्रयोग गर्ने अधिकारी बताउँछन्। ‘कुनै–कुनै रेस्टुरेन्टको मेनुमा परिकारका मूल्य सस्ता देखिन्छन्,’ उनी भन्छन्, ‘उनीहरूले परिकार बनाउँदा सस्ता र बासी तरकारी, फलफूल प्रयोग गरेका हुन्छन्। हाम्रोमा त्यस्तो हुँदैन।’ ग्राहकको स्वास्थ्यलाई ध्यानमा राखेर ताजा र राम्रो फलफूल, सागतरकारी प्रयोग गर्ने उनी बताउँछन्।
महोगनीको सेकुवा र झोल मःमः प्रसिद्ध छन्। ‘‘यहाँको जस्तो स्वाद अरू रेस्टुरेन्टमा पाउन सकिँदैन भनेर ग्राहकले प्रतिक्रिया दिँदा हामी खुशी हुन्छौँ,’ सञ्चालक अधिकारी भन्छन्, ‘यहाँको सेकुवाको स्वाद घरमै पोलेको जस्तो छ।’ सेकुवा बनाउँदा बजारमा पाइने मसला प्रयोग नगरी जिरा, धनियाँ, दालचिनी, खुर्सानीलगायत मरमसला मिलमा कुटेर आफैँ तयार पार्ने गरेको अधिकारी सुनाउँछन्।
साँधेको बफ सुकुटी, पोलेको र तारेको ह्याकुलो, पोर्क चिल्लीको साथमा चिप्स चिल्लीको स्वाद लिन पाइन्छ रेस्टुरेन्टमा। झोल मःमःसँगै चिकेन पेरीपेरीको स्वादमा ग्राहक रमाउन सक्ने उनी बताउँछन्। महोगनीका सेफ रामचन्द्र थापा बोसोरहित मःमः रेस्टुरेन्टमा बनाइने बताउँछन्। ‘बोसो धेरै हुने मःमःले गर्दा ग्राहकको कोलेस्टेरोल बढ्न सक्छ,’ थापा भन्छन्, ‘उनीहरूको स्वास्थ्यमा नराम्रो असर नगरोस् भनेर बोसोरहित मासु किन्छौँ। सधैँ ताजा मासु ल्याउछौँ। डिप फ्रिजमा मासु आइटम बासी राख्दैनौँ।’ आवश्यक परे जुनसुकै बेला पनि ताजा ल्याएर पकाउने सेफ थापाको भनाइ छ। सय जनासम्मको पार्टी जमघट गर्न सकिने हल महोगनीमा छ।
तपाईको कमेन्ट
मुख्य समाचार
-
पायलले लगाइन् कश्यपमाथि आरोप
बुधबार, ०७ असोज २०७७ -
‘मनोबल दह्रो हुने सन्देश दिनुपर्यो’
बुधबार, २४ भदौ २०७७ -
कस्ता मास्क कसरी लगाउने ?
आइतबार, २१ भदौ २०७७ -
‘आफ्नै भाका ल्याउन मन छ’
आइतबार, १४ भदौ २०७७