यसरी गर्ने सोफा सफा

writer

सम्पूर्ण

शुक्रबार, १० असोज २०७६


नियमित सफा गरिएन भने सोफा फोहोर हुन्छ। पछि सफा गर्न एकदमै गाह्रो हुन्छ। व्यावसायिक रूपमा सोफा सफा गर्नेलाई बोलाइयो भने खर्च बढी लाग्न सक्छ। केही उपाय जाने आफैँले पनि सोफा सफा गर्न सकिन्छ।


सफा गर्नुअघि कस्तो सोफा हो ? निक्र्यौल गर्नुपर्छ। सोफामा प्रयोग भएको कपडाअनुसार ड्राई क्लिन गर्ने कि पानी–डिटरजेन्टले सफा गर्ने, निश्चित गर्नुपर्छ।

सोफाको सरसफाइ गर्दा भ्याक्युम क्लिनर, डिटरजेन्ट पाउडर, ब्रस, स्पन्ज, फिट्किरी आदिको आवश्यकता पर्छ।

जस्तोसुकै किसिमको सोफा भए पनि सर्वप्रथम त्यसलाई भ्याक्युम क्लिनरले सफा गर्नुपर्छ। भ्याक्युम क्लिनरले सोफाको कुना–कुनामा जमेको धुलोमाटोलाई सजिलै निकाल्छ। सबैभन्दा पहिला भ्याक्युम क्लिनरले सोफाको हरेक भागमा टाँसिएको धुलोमाटोलाई सफा गर्ने।

सोफाअनुसार क्लिनर प्रयोग गर्नुपर्छ। लेदर, भेल्भेटको सोफाका लागि त्यसअनुसारको क्लिनर प्रयोग गरिए लेदर सुरक्षित रहन्छ।

लेदर, भेल्भेटको सोफालाई स्पन्ज अथवा नरम कपडाले सफा गर्नु ठीक हुन्छ।

सोफाका गद्दी पूरा सफा गर्नुको साटो दाग लागेको भागमा मात्र सफा गर्नुपर्छ। अथवा, बढी नै फोहोर भएको गद्दी निकालेर सफा गर्नुपर्छ।

कपडाको सोफाका लागि साबुन, फिट्किरी, मनतातो पानीले सफा गर्नुपर्छ। सोफामा दाग भएको ठाउँमा हल्का स्प्रे गर्ने, त्यसपछि सुक्खा कपडाले पुछ्ने।

सफा गरेपछि सोफालाई राम्ररी सुक्न दिनुपर्छ।

तपाईको कमेन्ट

मुख्य समाचार


पपुलर पोस्ट


छुटाउनु भयो कि